Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

विचारको ब्यवस्थापन र दुर दृष्टिकोण


मिठाराम विश्वकर्मा/ 

ए.लेभिनले अाफ्नो पुस्तकमा भन्छन्- "हप्स देखि रावलस्का विचारहरु नकार्न नसेकिने छन् तर मार्क्सको श्रम, मुल्य र बजारले मात्र समानता कायम गर्नसक्छ भन्ने विचार अग्रगामी छ र सामाजिक न्याय नै त्यस्तो न्याय हो जसमा पृथकता रहदैन, वितरण र उपयोगितामा समान पहुचको ब्यबस्थापन गर्दछ ।" मानवीय तत्व जसलाई "ह्युमन इसेन्स" भनिन्छ, त्यो कहिलै पनि अभाैतिक हुन सक्दैन । हेगेलका विचारबाट भनेका न्यु हेगेलियन र राइट हेगेलियन यसै विचारमा बहस अगाडि बडाउछन् । र, बिद्रोह यसैको कारक हो । यहि विचार पछ्याउँदै, देश चाहे विकसित होस् चाहे विकासशील होेस् त्यहाँ केही असन्तुष्टि र असहमतिहरु हुन्छन् । यी असन्तुष्टि र असहमतिहरुलाई समयमै ब्यबस्थापन गरिएन भने विद्रोह हुन्छ । यस्ता विद्रोहीले देशलाई पछि घचेट्ने अबस्था सृजना गर्दछ । यस्ता घटनाहरु विश्व परिवेशमा देखिएका छन् । राजनीति त्यस्तो अायम हो जसले ब्यबस्थापन गर्न सक्छ, ब्यबस्थापन गर्न जरुरी छ ।
समयमा उठेका राजनीतिक असन्तुष्टि र असहमतिहरुलाई ब्यबस्थापन गर्न नसक्दा देशले भोग्नु परेका केही परिस्थितिहरुबाट सायद हामी परिचित छाै । यस्ता परिस्थितिबाट सृजना भएका इतिहास अाफैमा चमत्कारी बन्न पुग्छन् । इतिहास पनि समयको क्रमबद्धता हो । भारत बृटिशद्वारा साशित रहेको अन्तिम दशक १९३७ देखि १९४७ मा भारत अँग्रेजबाट स्वतन्त्र हुन चाहेको अबस्थामा अान्तरिक कलह र असहमतिका थुप्रै घटना देखिए । भारत अँग्रेजबाट मुक्ति पायो तर धेरै गुमायो पनि ।
अँग्रेजलाई फिर्ता पठाउन काँग्रेस अग्रपंक्तिमा भएता पनि मुस्लिम लिगको पनि ठुलो योगदान थियो । तत्कालीन गभर्नर जनरललाई लिनलथगोको केही लचिलो पत्र देखाएर गरिएको प्रान्तीय निर्वाचनमा काँग्रेसको बाहुल्यता देखिए पनि मुस्लिम लिगले पंजाब र बङ्गालमा अाफ्नो मन्त्रीमण्डल गठन गरेको थियो । ता पनि सबै प्रान्तमा मिलेर मन्त्रीमण्डल गठन गर्ने र भारतको आन्तरिक शक्ति बलियो बनाउने चहान मुस्लिम लिगका नेता जिन्हाले प्रस्ताव काँग्रेस सामु राखेका थिए । तर काँग्रेस यस कुरामा सहमत भएन । यसले गर्दा काँग्रेस र लिग वीच फाटो पैदा भयो । यस पछि काँग्रेस प्रति सहानुभूति राख्ने जिन्हाले काँग्रेसको सरकार अन्तरगत मुसालमानहरुले न्याय पाउन नसक्ने स्पष्ट घोषणा गरे र मुसलमानका एक मात्र नेताका रुपमा प्रत्येक वर्ष लिगको अध्यक्ष चुिनए । परिणाम हिन्दु मुसलमान वीच द्वन्द्व मच्चिन थाल्यो र इतिहासमा कहिलै बिर्सन नसिने "कलकत्ता हत्याकाण्ड" "द ग्रेट कलकत्ता किलिङ्" जस्तो भारतीय इतिहास बन्यो  ।
अर्को काँग्रेसको शुभाष चन्द्र बोस पर्ति पनि इमानदारीता देखिएन । बोसले काँग्रेसको अध्यक्षको निर्वाचनमा गान्धीले मनोनीत गरेका उमेदवार पट्टभिसीतारामैयाँलाई पराजित गरेको भएता पनि नेताहरूले त्यागपत्र दिन बाध्य तुल्याए । उनले काँग्रेस त्याग गरेर नयाँ दलको नाम "फरवार्ड ब्लक" स्थापना गरे । बोसको अपमान त भयो नै, यस मतभेदले काँग्रेसको शक्ति तथा प्रतिष्ठानलाई समेत ठुलो चोट पुरायो । गान्धीका विषयमा पनि समालोचना गर्ने ठाउँ छन् । अम्बेडकरले सुरु गरेको दलित अान्दोलन फिर्ता गर्न गान्धी अनशन बसेका थिए । अन्तमा यदि गान्धीको यो अनशनका क्रममा मृत्युु भए हिन्दुहरुले दलितलाई छोड्ने छैनन् भन्ने धम्की दिए पछि अम्ब्डेकरले अान्दोलन फिर्ता लिएका थिए जसलाई "पुना प्यकट" भनिन्छ ।
बोसले काँग्रेस त्याग गरेपछि, उनीले १९४१ मा भारतबाट भागेर जापान र जर्मनसंग सम्बन्ध स्थापित गरे । किनभने जापान एउटा सानो देश भए पनि उसले दोस्रो विश्वयुद्धमा बिसाल देश रुसलाई अाफ्नो कब्जामा लिइसकेको थियो । जापानले मलाया-सिङ्गापुर कब्जा गरिसके पछि भारतीय सेनालाई जापानीहरुले कैदी बनाएका थिए । तर जापानी सरकार र बोस वीच भएको सम्झौता अनुसार अाफ्नो नेतृत्वमा "अाजाद हिन्द फाैज" को गठन गरेका थिए र सिङ्गापुरमा उनले स्वतन्त्र भारत सरकार" को उद्घाटन गरेर १९४३ मा जापानी फाैजका साथ भारतको सीमानासम्म पुगेर अँग्रेजी फाैजलाई पराजित गरेका थिए । काँग्रेसबाट त्यत्रो धोका हुदाहुदै पनि बोसले अाफुलाई जन्म भूमि भारत पर्ति समर्पण गरे, यो थियो उनको राष्ट्रियता प्रतिको दायित्व ।
१९४६ जुलाईमा संविधानसभाको निर्वाचनमा बृष्टिसभारतका २९६ सिट मध्ये २११ काँग्रेसले र ७३ मुस्लिम लिगले ल्याएका थिए । तर काँग्रेस र लिग वीच मतभेद भएका कारण अन्तरिम सरकार बन्न सकेन । १९४६ जुलाई २२ मा बेवलले संयुक्त अन्तरिम सरका बनाउन चहादाचहादै जिन्हाले स्वीकार गरेनन् र नेहरुले १९४६ अक्टोबरमा १२ सदस्यीयको सरकार बनाउन बाध्य भए । जिन्हाले साइमन कमिशनको पनि बहिष्कार गरेका थिए । यो किन प्रस्तुत गर्न खोजेको हुँ भने- अाफु गुलाम हुँदा पनि राजनीतिमा यस्तो घिनाैना खेल हुदोरहेछ,यस्तो हामी काँहा पनि हुनेगर्छ । परिणाम, भारत फुट्यो । के अँग्रेजले भारत छोड्नु गान्धीको अहिंसात्मक अान्दोलन मात्रै कारक हो ? यस्तै हो भने भगत सिंग र उनका सहयोगहरुले एसम्बलीमा बम प्रहार गरेको, बाल गंगाधर तिलकलाई वेलोटाइन चिरोलले उनलाई "अशान्तिका पिता" "फादर अफ अनरेस्ट"को संज्ञाको, बालकृष्ण र दामोदर दुई भाईले अँग्रेज दुई अफिसरलाई पुनामा हत्या गरिदिएको योगदान होइन  ?  जब अँग्रेजमाथि हिंसात्मक अाक्रमण हुन थाल्यो तब अँग्रेज भयभीत भएका हुन, बृष्टिस कालिन इतिहासले यस्तै बताउछ । बरु बृष्टिसको गुलामी बोकेर अान्तरिक दाउपेच कतिपय भारतीय नेताले गरेका थिए ।
यस्तै, १९९० को पछिल्लो समयमा इण्डोनेसियाबाट इष्ट टिमोर छुट्टिनु पर्यो ।  टिमोरिहरुले इण्डोनेसियाली सरकारले अाफ्नो इज्जतपूर्ण सहभागीता गरोस् भन्ने मात्र चहान्थे । "इष्ट टिमोर" इण्डोनेसियाको एउटा सानो प्रान्त थियो । इण्डोनेसियाको सरकारले त्यहाँका जनतालाई समान हैसियत दिन चाहेन । परिणाम, इष्ट टिमोर कालन्तरमा एउट अलग राष्ट्र बन्यो । त्यसैगरी श्रीलंकामा चिया खेतीका लागि ब्रिटिस सरकारले क्यण्डी क्षेत्रमा लगिएका भारतीय नागरिकहरु सयाैं वर्षपछि पनि श्रीलंकाको नागरिकताको लागि योग्य मानिएनन् । परिणाम, तामिल बिद्रोहको जन्म भयो । यसक्रमा श्रीलंकाले ठुलो जनधनको मुल्य चुकाउनु पर्यो । नेपालमा दस वर्षे माअोवादी बिद्रोह यस्तै अबस्थाको परिणति थियो । संसदीय पद्धतिमा अाएका बामपंथीहरु संसद त्यागेर बाहिरी सकेपछि सोच्नुपर्ने थियो । सोचिएन परिणाम बिकाराल बन्यो । अझै माओबादी द्वन्द्व टुंगोमा पुगेको रहेनछ । विप्लव बिद्रोह भैरहेको छ । यसलाई नकार्न मिल्दैन । अर्को तराई-मदेश बिद्रोह पनि भित्रभित्रै भुसको आगो जस्तै सल्किरहेको छ । यसलाई पनि नजरअन्दाज नगराैं । दस वर्षे माअोबादी बिद्रोहमा पनि टाउकाको मोल तोकिएको हो नै र बिद्रोह दबाउने प्रयत्न पनि भएको हो । तर देशले धेरै कुरा चुकाएर हामी यहाँसम्म आइपुगेकाछाै । त्यही बिद्रोहका नेता प्रचण्ड बहुमतको सरकारमा छन् । अाएका र आउन सक्ने बिद्रोहको बेलैमा ब्यबस्थापन उनलेे गर्नुपर्नेछ । अन्यथा, पुन: विकराल अबस्था दोहरिन सक्छ । प्रधानमन्त्री केपी अोलिले पनि हेपाह र टुक्के स्वभाव छोडनु पर्छ, किनकि उने म कुनै कलाकार होइन देशको प्रधानमन्त्री हुँ भन्ने सोच्नुपर्छ । हेपाइले अहिलेको दुनियाँ पछि हट्नेवाला छैन ।
अब जटिल रुपमा अाउन सक्ने बिद्रोह भनेको दलित-जनजातिको हो । संविधानत: समाजिक विभेदको अन्त भए पनि ब्यबाहरत: लागू भएको छैन । दस वर्षे माअोबादी बिद्रोहले दलितका विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । यो यथार्थलाई स्वीकार गर्नै पर्ने हुन्छ । यसमा अग्रगामी भूमिका अबस्य छ । तर समावेशीता मात्रै समस्याको समधान होइन । किनभने समाबेशीताको अभधारणा खास गरि जोनएफ केनेडीद्वारा १९६१ मा हस्ताक्षरित कार्यकारी अादेशबाट भएको हो । यो केबल पुँजीबादको उपलब्धि थियो । यद्यपि १९६४ को नागरिक अधिकार ऐनले सक्रिय बनायो । विगतमा गरिएका अन्याय वा संस्थागत भेदभाव सच्याउनका लागि लागू गरिएको क्षतिपूर्तिका उपायसम्बन्धी विचारको उदय संयुक्त राज्य अमेरिकाको नागरिक ऐनले गरेको भएता पनि यसभन्दा अगावै जनावरी १९५० मा लागू भएको भारतीय संविधानमा सबै नागरिकको समानतालई प्रत्याभूत गरेको छ । अझ गान्धीका विषयमा चर्चा गर्दा १९३२ देखि १९३३ मा नयाँ शासनको योजना बनाउदा वृष्टि सरकारी अधिकारीहरुले निर्वाचनका लागि अछुतहरुलाई हिन्दु सम्प्रदायबाट अलग राख्न खोजेको भन्दै पुनामा अाशन बसे, साथै अछुतहरुलाई "हरिजन" को संज्ञा दिए । र, हरिजन पत्रीका पनि प्रकाशित हुन थाल्यो, त्यही पत्रीका मार्फत गान्धीले अाफ्ना विचार प्रकाशन गर्न थाले । गान्धीले अछुतहरुलाई हरिजन भन्नू केबल भ्रम पैदा गराउनु थियो र हरिजनहरुलाई भोट बैंकको रुपमा राख्ने असल माैका थियो । यस्तो माैकाको खोजी हामी कहाँ पनि गरिने गर्छ ।
नेपाली राजनीतिमा अझै सङ्क्रमण टुंगोमा पुगेको छैन । राष्ट्र रुपान्तरणका कुरामा भन्दा आ-आफै आन्तरिक बिबादमा अल्मलिएका छाै । प्रचण्ड अाफ्नो रणनीतिमा सफल छन् । गिरिजाप्रसाद कोइरालालाई प्रयोग गर्न सफल भएकै हुन, शेर बहादुर देउवालाई प्रयोग गर्न पनि सफल भए नै र अाज नेकपा एमालेलाई प्रयोग गर्न पनि सफल भए । मसिनो स्वार्थ, अाफ्नी छोरीलाई जिताउन देउवासंग अँगालो मारेको चितवनको प्रचार सामान्य थिएन । किनभने काँग्रेसले दिएको उमेदवारी फिर्ता लिएको थियो । कुन स्वार्थमा काँग्रेसले अाफ्नो उमेदवारी फिर्ता लिएको हो । यद्यपि राप्रपाका उमेदवार द्वार कृष्ण सिटौलालाई हराइ रहदा काँग्रेस र राप्रपा मिलेर निर्वाचनमा गइरहेकाछाै भनिनु कस्का लागि मिलिएको हो, यो बहसको विषय बाकी नै छ ।
अाजको ग्लोबल सोसाइटीमा मानिस गरिब, अभाव, विपन्नता र विभेदमा बाच्न चहादैन । साथै  गरिब, अभाव, विपन्नता र विभेदमा राष्ट्रियताको जग बलियो हुन सक्दैन । राष्ट्रियता बाहिरी हस्तक्षेपका लागि हो । अब कुनै पनि देशले कसैमाथि हस्तक्षेप गर्ने वातावरण छैन र आजको विश्व यस्ता कुरामा टाउको दुखाउनेवाला पनि छन् जस्तो लाग्दैन । अहिलेको संसार ग्लोबल कम्पिटशनमा पसिसकेको छ । बरु यस्तो अबस्थामा खतरा के हुन्छ भने  गरिब, अभाव, विपन्नता र विभेद भोग्नु परेका जनता पलायन हुन सक्छन्, जुन पलायनता हाम्रो समाजले स्वीकार गर्दै छ । हाम्रा युवाहरु बिदेशीनु र पलायन हुनु यसका उदाहरण हुन् । हाम्रो कति ठुलो लगानी वाहिरीयको छ र हाम्रो जस्तो सानो निम्न अायअार्जन भएका अभिभावकले गरेको लगानी यसरी बिदेशीनु राष्ट्रियता माथिको खतराको संकेत हो । सरकारी उच्च अोहदामा बसेका ब्यक्तिलाई भरोसा छैन, उ अमेरिका सेमिनारमा पुगे भाग्छ । खेलाडीलाई आफ्नो देश प्रति भरोसा छैन, उ जापान पुगे भाग्छ । चाखलाग्दो कुरा, हामीले कस्तो राष्ट्रियताको कुरा गरिरहेका छाै ? यो आश्चर्यको विषय हो । यतिबेला नेपालका विषयमा योगी अादित्यनाथ बोलेको अखबारमा आएको छ । यदि यो सहि हो भने गोरखपुर र विहार नेपालमा गाभेर बलियो हिन्दुराष्ट्र बनाउँ । यदि नेपाल धर्मनिरपेक्ष हुदा छिमेकीको चित्त दुखेको थियो भने त्यतिबेला नै सोचिनु पर्थ्यो । यो उक्साएर नेपाललाई गृहयुद्धमा लैजाने साजिस हो, होसियार हाैँ । वहाँ ! वहाँ ! गर्दै योगी अादित्यनाथको अासा गर्दै योगीको फोटो बोकेर हिड्नेहरुले सोचुन् । राजा होइन, हिन्दुराष्ट्र बनाउने लबिङ छिमेकीले पहिलै देखि गर्दै अाएको यदाकदा हामीले सुनेकाछाै । नेपालमा हुन्दुहरुको बाहुल्यता छ हिन्दुराष्ट्र हुनुपर्छ । यो नेपालीको विषय हो, नेपालीले नै सल्टाउने छन् । मैले माथिनै उल्लेख गरेको छु- बृष्टिसको गुलामी साशनमा पनि गान्धी र नेहरु जस्ता नेताले गरेको ब्यबहर ।
यसैले हामी कहाँ पनि राजनीतिक संकटको  अन्त्य भएको छैन । मुलुकले भोगेको संकटहरुको ब्यबस्थापन हुनसकेको छैन, हुनुपर्छ । मुलुकमा सुशासन नहुनु, न्यायपालिका स्वतन्त्र नहुनु, प्रभावकारी शान्ति सुरक्षाको प्रत्याभूति नहुन, भ्रष्टाचार माैलाउनु र मुलक दण्डहीनतामा फस्नु परिस्थिति चुनाैतिपूर्ण छन् । समावेशी राजनीति उदासपूर्ण बनेको छ । अहिलेको समाबेशीता अशनको नाङ्लो पसल जस्तै हुन पुगेको छ । समावेशीतालाई पैसासंग तुलना गरेर मुलुकको रुपान्तरणमा खास योदान पुराएकाहरु किनारा लगाइएको छ । यसरी पैसामुखी राजनीति हुनु दुर्भाग्यपूर्ण त हुदै हो, यसले दुरगामी प्रभाव पनि पार्छ । निश्चितरूपमा अहिलेको नेपाली राजनीति महङ्गो बन्न पुगेको छ । विगतमा गरिएका अन्याय वा संस्थागत भेदभाव सच्याउन विभेदहरु भोगेको बर्गलाई क्षतिपूर्ति चाहिन्छ । यो पनि समयमै सोचिनु पर्छ । रातारात चप्पलपतिहरु महलपति कसरी बने ? हामीले पनि बुझेका छाै, हाम्रा नेताहरू मात्रै होइन विचारा भुराभुरी छाउराहरु पनि विभिन्न ठाउमा हात पसार्न पुग्छन् । कसैको एजेन्ट भएर पोलिटिकल गेम नखेले हुन्छ । ढिलोचाढो जनताले थाहा पाउनेछन् । उनीहरू उपचार गर्न बिदेशमै जानुपर्छ, जहाँका जनताले बेलामा सिटामोल पाउदैनन् । पैसा मात्रै कमाउनु पर्छ भन्ने मानसिकता छ । मदन भण्डारी देखि दरबार हत्याकाण्ड, सुशील कोइराला र प्रकाश दाहालको संकास्पद मृत्युु अाफैमा एउटा रहस्य हो । मदन भण्डारीकि आफ्नै पत्नी पहिलो कार्यकाल सकाएर दोस्रो कार्यकालकि राष्ट्रपति बनेकिछन् । हिजो मदन भण्डारीको हत्यारा गिरिजाप्रसाद कोइराला हो भन्दै गाली गर्दै हिड्नेहरुले के सोचिरहेका छन् ?
यसकारण मुलुकमा जटिल मुद्दा बाकी छन् । यदि मुलुकलाई समृद्धिशाली बनाउने हो भने सरकार जोसुकै होस् राष्ट्रिय सहमति हुन जरुरी छ । एकअर्काको अस्तित्व स्वीकार्न सिक्नु पर्छ । भरोसा पाका नेताहरु पर्ति राख्ने ठाउछ । बुढा नेताहरुले युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भनेर यदाकदा उठेको कुरा पनि षड्यन्त्रको गुन्जाइस हो, यसमा पनि सतर्कता अपनाउन जरुरी छ । हो सुनकाण्ड, वाईड बोडी जहाजकाण्ड, गुठीकाण्ड जस्ता कुरा उठाउने गरेको पाइन्छ तर अन्ततः यो उ यस्ले उस्ले भन्दै घटनाहरु गुमनाम बन्न पुग्छन् । कारण के हो ? यो पनि बुझ्न सकिएको छैन । यसैले समयमा नै विचारको ब्यबस्थापन गर्न र दुर दृष्टिकोण राख्न जरुरी छ ।


Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List