Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

Inclusive Democracy

Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For Teh People, Empower To Teh Women. Poverty Eradication.

Inclusive Democracy

Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For Teh People, Empower To Teh Women. Poverty Eradication.

Inclusive Democracy

Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For Teh People, Empower To Teh Women. Poverty Eradication.

Inclusive Democracy

Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For Teh People, Empower To Teh Women. Poverty Eradication.

Inclusive Democracy

Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For Teh People, Empower To Teh Women. Poverty Eradication.

Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

Sunday, April 3, 2022

नङ्गेलीले आफ्नो स्तन काटेर ट्याक्स तिरिन !

सामाजिक संघर्षका लागि कुनैनकुनै रुपमा बलिदान दिनुपर्ने हुन्छ । यहाँ त्यस्तै घटनाको जानकारी दिन खोजेको छु । कुनै समय आजको केरेला ट्रमानकोर राज्यका रुपमा चिनिन्थ्यो, जसलाई मार्थनब्रमले स्थापना गरेका थिए । यो कुरा सन् १७२९-१७५८ हो । यस्तै आजको तामिलनाडु त्यतिबेला मन्द्रास प्रेसिडेन्सीका रुपमा चिनिन्थ्यो ।

त्यतिबेला समाजलाई उच्च जात र निम्न जातमा शासकले विभाजन गरेका थिए । त्यहाँ एजभा र नाडर जाति निच जातिका रुपमा चिनिन्थ्यो । त्यतिबेला कानुन बनाइयो, निच जातिका पुरुषले टोपी वा पगरी लगाएर हिड्न पाउदैनथे, यतिसम्म कि गम्छाले टाउको छोप्न समेत पाउदैनथे र स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन पाउदैनथे ।

उच्च जातका लागि यो कानुन लाग्दैनथ्यो । तर उनीहरूले राज्यलाई ट्याक्स तिर्थे । एजभा जातकि नङ्गेली नामकि स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन थालिन, यस्तो अन्यायपूर्ण व्यवहारक‍ो विद्रोह गर्न थालिन । यो कुरा एक कान दुई कान हुँदै राजा कहाँ पुग्यो । त्यतिबेला राजाले खटाएका मानिस घरघरमा ट्याक्स उठाउन जान्थे ।

ट्याक्स अधिकारी ट्याक्स उठाउन नङ्गेली कहाँ पनि पुगे । नङ्गेलीले निकै तर्क वितर्क गरिन, अन्ततः उनेले आफ्नो स्तन छोपे बापत ट्याक्स तिर्नै पर्ने भयो । उनी भित्र गइन् र आफ्नो स्तन काटेर केराको पातमा राखेर "मैले यही स्तन नदेखाए बापत होइन" भन्दै ट्याक्स अधिकारीलाई दिइन् । यो घटना सन् १७२९ देखि सम्म १८०३ चल्यो ।

स्तन काटेर दिदा उनको उच्च रक्तश्राप भएको कारण उनको मृत्यु भैसकेको थियो । तर यो कुरा फैलिन थाल्यो र राजालाई प्रेसर दिन थालियो । राजा बाध्य भएर ट्यक्सका नाममा स्तन दिने प्रथा हटाइदिए । तर ट्याक्स असुली गर्ने काम सन् १७२९ देखि १९२४ सम्म प्रचलनमा रह्यो ।

अर्को मन्द्रास प्रेसिडेन्सीमा नडार जातिको पनि अबस्था यस्तै थियो । यहाँका शासक चार्लस् ट्रेभिलिन थिए । उनी क्याथोलिक थिए । तल्लो जातका मानिसले शासकलाई खुसी पार्न क्याथोलि धर्म अपनाए, जसकारण उनीहरूले ठुलो समस्या भोग्नु परेन । तर जसले ट्याक्स तिर्थे उनीहरूले स्तनको आकार अनुसार ट्याक्स तिर्थे जसलाई सन् १८५९ मा यो प्रथालाई हटाइयो । भारतीय समाजले सन् १७२९ देखि १९४९ सम्म विभिन्न किसमका सामाजिक समस्या भोग्नु पर्यो, भारत स्वतन्त्र भएपछि संबैधानिक रुपमा जातीय विभेदको अन्त्य गरियो । तथापि आज पनि ४ प्रतिशत भन्दा बढी भारती दलित लाभान्वित भएका छैनन् ।

आज वीरङ्गना नङ्गेलीको मुर्ति केरलामा स्थापित गरिएको छ यसकारण समाज बदल्न कुनै नकुनैले बलिदान दिनैपर्छ ।

नङ्गेलीको जस्तै घटना नेपालमा पनि भएको छ । योगमायाले सामाजिक विसंगतिका विषयलाई लिएर विद्रोह गर्दा टिक्न सक्ने अबस्था रहेन र आफ्ना ७२ जना सहयोगी सहित कोशीमा हाम फालेर सामुहिक हत्या गरे । यो कुरा पनि नेपलको इतिहासमा बिर्सन नसकिने घटना हो ।
Share:

Wednesday, January 6, 2021

गिरिजबाबुसँगकाे व्यक्तिगत सम्बन्ध र न्युयोर्क यात्रा हुँदै संयुक्त राष्ट्रसङ्घमा भाषणको सम्झना फर्किलान् र ती दिनहरू

 हरिविनोद अधिकारी  पुष १८, २०७७

हामी नेपालीहरूका लागि विदेश जाने भनेको सजिलो पनि छ, सजिलो पनि छैन । सम्मानका साथ विदेश जाने, मुलुकलाई प्रतिनिधित्व गर्ने गरी जाने भनेको त्यति सजिलो छैन पदमा नहुने र पहुँच नहुनेका लागि । झन् कूटनीतिकरुपमा प्रतिनिधित्व भनेको एक प्रकारले प्राविधिक कुरा हो र सबैलाई त्यो स्थान प्राप्त हुने पनि होइन, हुनु पनि हुँदैन तर संयुक्त सरकार हुँदा प्रायशः सरकारमा हुनेहरूमध्येबाट बुद्धिजीवी, सांसद, उच्च प्राविधिकहरूको छनोट हुने रहेछ । मेरो बारेमा त्यस्तो त केही पनि थिएन तर यहाँनिर मैले आत्मालोचनाका साथ भन्नै पर्छ, अमेरिकाका विश्वविद्यालयहरूको भ्रमण र संयुक्त राष्ट्र सङ्घको अवलोकन गर्ने मेरो तीव्र इच्छालाई मेरो व्यक्तिगत सम्बन्धका कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पठाउनु नै भएको हो । मैले त्यसो गर्नु ठिक हो कि होइन ?  तर मैले गरेँ । 

यसमा राससका तत्कालीन अध्यक्ष तारानाथ दाहाल, गिरिजाबाबुका स्वकीय सचिव बालकृष्ण दाहाल, तत्कालीन परराष्ट्र मन्त्री सहाना प्रधान र त्यो बेलामा यु एन महाशाखाका प्रमुख डाक्टर दिनेश भट्टराईको प्रत्यक्ष सहयोग रहेको थियो । पछि तत्कालीन सांसद मीठा राम विश्वकर्माले पनि आफूले पनि गिरिजाबाबुलाई भेटेर दाजुलाई यु एन पठाउनु पर्‍यो भनेको थिएँ भनेका थिए । त्यो सिलसिलामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष वामदेव ढुङ्गाना पनि त्यो राष्ट्रसङ्घ जाने समूहमा पर्नु भएको रहेछ । सायद, नेपाल शिक्षक सङ्घको संस्थापक तथा विद्यालय शिक्षकका रुपमा म जान लाग्दा सहानाजीले पनि सङ्गठनका साथीलाई पनि पठाउनु भएको होला । 

वास्तवमा शिक्षकले हेर्ने ठाउँ नै हो रहेछ राष्ट्रसङ्घीय कारबाही किनभने शिक्षकले त त्यो सन्देश आम विद्यार्थीमाझ साझा गर्छ जस्तो कि मैले उताबाट आएपछि आफ्ना विद्यार्थीका बिचमा त्यहाँका प्रक्रियाको बारेमा जानकारी गराएँ । मैले जानेको कुरा मसँगै मात्र रहेन । एउटा शिक्षकले जब कुनै नयाँ कुरा थाहा पाउँछ, त्यो जसरी पनि सम्प्रेषण गर्छ गर्छ । सायद, एउटा विद्यालयको शिक्षकको रुपमा पहिलो वक्तव्य दिने म हुनुपर्छ मैले थाहा पाएसम्म । हामी विद्यालय शिक्षकको कसरी पहुँच पुग्ने र राष्ट्र सङ्घको महासभामा मुलुकको प्रतिनिधित्व गर्न पाउने ? तर त्यो सौभाग्य मैले ६२ औँ महाधिवेशनमा पाएँ । मन्त्रिपरिषद्को विवादका कारणले प्रतिनिधि मण्डल छान्न नै ढिला भएकाले पनि त्यो मौका मैले र वामदेवजीले पाएका हौँँ । 

जब म गिरिजाबाबुसँग वार्ता गरेर बाहिर आएँ र तारा भाइलाई फोन गरेँ, के के कुरा भयो भनेर । अनि भाइले भने-गिरिजाबाबुले व्यक्तिगत विवरण मागेपछि पक्का हुन्छ दाजु, ढुक्क हुनुहोस् र अमेरिका जाने तयारी मानसिक रुपमा गर्नुहोस् । अनि दाजु भाइको भेट भयो । कुरा भयो । तर धेरै दिनसम्म कुनै खबर आएन । अनि मलाई लाग्यो, सायद नहुने भएछ । माओवादीहरू सरकारमा सामेल भए फेरि अनि सांसदहरूको नामसहित जानेहरूको सूची तयार भएछ । अचानक सायद त्यो बेलामा उहाँ शाखा अधिकृत हो कि उप सचिव हो, रित्ता धितालजीको फोन आयो परराष्ट्र मन्त्रालयबाट । मेरो नाम साधारण सभामा जाने सूचीमा रहेकाले तत्काल सम्पर्कमा आउनु पर्‍यो नागरिकता र फोटोसहित । सायद, कमल ज्ञवाली पनि त्यो बेलामा त्यहीँ हुनुहुन्थ्यो जसले पासपोर्ट,  भिसा, टिकटको सम्पूर्ण व्यवस्था गर्नुभएको थियो । मलाई तत्काल जाने कि पछि जाने भन्ने सोधियो । मैले तत्कालै जाने भनेर भनेपछि पासपोर्ट बन्यो र मन्त्रालयका तर्फबाट अमेरिकी राजदूतावासमा भिसाका लागि त्यही दिन तयारी गरियो । म आफ्नो स्वरै कल्पना पूरा भएको देखेर अलमल परेको थिएँ । न मैले भिसाका लागि अन्तर्वार्ता दिन नै जानु पर्ने भयो, न टिकट नै आफ्नो तर्फबाट किन्नु पर्ने भयो । अनि जाने दिन तोकियो  २०६४  साल कात्तिक १ गते फूलपाती अथात् महासप्तमीका दिन । दसैँको मुखमा घर छोडेर जान लागेको थिएँ । त्यसको भित्री कारण के पनि थियो भने माओवादी सांसदहरूलाई भिसा दिने हो कि होइन भन्ने पनि थियो, त्यसको कारण थियो अमेरिकाले माओवादीलाई आतङ्ककारीको सूचीमा नै राखेकै थियो त्यो बेलासम्म । सायद त्यो बेलामा माओवादीबाट जनार्दन शर्मा र  सुरेश आलेजी जानु भएको होला महासभामा भाग लिन । 

मेरो पासपोर्टको नम्बर थियो कूटनैतिक राहदानी ००८७२० । भिसाको म्याद थियो जनबरी ९, २००८ सम्म । किनभने म २००७ को साधारण सभाका लागि प्रतिनिधि थिएँ र मात्र ३ महिनाको म्याद दिइएको थियो । मेरो पासपोर्ट बनेको थियो ८ अक्टोबर २००७ मा र त्यसको म्याद थियो बढीमा ७ अक्टोबर २००८ सम्म । भिसा हानेको मिति ११ अक्टोबर, २००७ अनि म्याद ९ जनबरी २००८ सम्म । त्यस्तो कूटनैतिक पासपोर्टको दुरुपयोग हुने कुरा हामीले सुन्दै आएकाले होला, सरकारी सिफारिसविना त्यो पासपोर्टको कतै भिसाका लागि जान पाइँदैन रे ! हुन त कतिपय देशमा रातो  पासपोर्ट लिएर जानेलाई अन अराइभल भिसा पनि दिन्छ क्यारे ! तर हाम्रो समूहलाई न त त्यो पासपोर्टको दुरुपयोग गर्नु थियो,  न त उतै हराउनु नै थियो । हरियो पासपोर्टमा भए सायद ५ वर्षको भिसा हुन्थ्यो होला तर त्यो नेपाल सरकारको कूटनैतिक पासपोर्ट थियो जुन तोकिएको काममा बाहेक प्रयोग गर्न पाइँदैन थियो । मेरो पासपोर्टमा स्पष्ट लेखिएको थियो 

कूटनीतिक रातो पासपोर्ट, अमेरिकी सरकारले दिने  भिसा, नेपाल सरकारको तर्फबाट आव जावत टिकट, दैनिक भत्ता, लुगा भत्ता आदि उपलब्ध गराइएको थियो । पहिलो पल्ट जानेमा त हामी चार जना शिक्षकमा तीन जना विश्व विद्यालयका अनि म विद्यालयको । वामदेवजीले दसैँ मनाएर जाने हुनुभएछ । म (शिक्षक,माध्यमिक,गुह्येश्वरी बाल शिक्षा मावि थापाथली, काठमाडौँ, प्राध्यापक डाक्टर गोपालप्रसाद पोखरेल(तत्कालीन निर्देशक, परराष्ट्र मामिला प्रतिष्ठान),प्राध्यापक डाक्टर हरि थपलिया (त्रिचन्द्र क्याम्पस) प्राध्यापक ज्योति भण्डारी प्याकुर्‍याल(पद्म कन्या क्याम्पस) पहिलो डफ्फाको प्रतिनिधि मण्डल बनेछौँ । परराष्ट्र मन्त्रालयको आफ्नै प्रक्रिया हुने नै भयो । हाम्रो रुट थियो—काठमाडौँ, दिल्ली, फ्र्यांकफुर्ट हुँदै न्युयोर्कको जोन एफ केनेडी विमानस्थल । 

हामी सबै एक अर्कासँग परिचित थियौँ र हामीलाई त्यो अमेरिकासम्मको भ्रमण रमाइलो भयो । दिल्लीको ट्रान्जिटमा अलिकति झन्झट रहेछ त्यो बेलामा । हाम्रो जिम्मा त्यहाँबाट लुफथान्साको थियो, तर लुफथान्साका एजेन्टले हामीलाई भन्सारमा गएर सामान चेक गराउनुस् भन्दै थियो, हामीेले भन्यौँ - अब हामी हाम्रो सामान न्युयोर्कमा मात्र लिन्छौँ । एक छिन मानेन तर आफ्ना सामान चिन्नका लागि भनेर कता हो कता अँध्यारो स्टोरतिर लग्यो । अरु सामान थिए तर ज्योतिको सामान थिएन । अनि एजेन्टले दुई दिनपछि अमेरिकाको राजदूतावासमा पठाउने त भन्यो तर पछि ५महिनापछिमात्र सामानको क्षतिपूर्ति दिएछ ज्योतिलाई दिल्ली गएको बेलामा । 

हामीले बल्ल सुरक्षा जाँचका बारेमा थाहा पायौँ दिल्लीमा, फ्र्याँकफर्टमा । कडा थियो मोजा पनि खोल्नु पर्ने, बेल्ट खोल्नु पर्ने, घडी खोलेर मात्र, मोबाइल, ‍‌‌‍औँठी आदि खोल्नुपर्ने । शङ्का लागेमा नाङ्गे झार गराउने, नपठाउने, टिकट रद्द गर्ने, पासपोर्ट लिएर हिँड्ने आदि गरिँदो रहेछ । रातो पासपोर्टका लागि लाइन बेग्लै भए पनि सुरक्षा जाँच भने उस्तै कडा नै रहेछ । फ्याँकफर्टमा पनि हाम्रो लामै ट्रान्जिट थियो । भोलिपल्ट अर्थात् कात्तिक १गते (१८ अक्टोबर)का दिन नेपाल छोडियो र १९ अक्टोबरका दिन न्युयोर्कमा पुगियो । 

स्थायी नियोगका तर्फबाट लिन आउनु भएको रहेछ । एकै पटक दसौँ प्लेन जोन एफ केनेडी विमानस्थलमा उत्रेकाले लामो लाइन थियो यात्रुको । मैले हरि थपलियाजीलाई बिस्तारै भनेँ -हरिजी, पक्कै पनि कूटनैतिक पासपोर्टका लागि बेग्लै लाइन होला, सोधौँ न । अनि एक जना प्रहरीले हाम्रो खासखुस के बुझेर हो, आएर सोधे -तपाईँहरू साधारण सभामा भाग लिन आउनु भएको हो ? कूटनैतिक पासपोर्ट हो ? अनि उनले हामीलाई छोटो लाइनमा राखे र खासै वास्ता नगरेर हामीलाई प्रवेश दिए ।

तर सामान पर्खेर बसेका थियौँ बाहिर । त्यहाँ त कुकुरले पो सामान सुँघेर पठाउँदै थियो ।  एक जना सायद, दक्षिण अमेरिकी महिलाको सामानको वरिपरि कुकुर घुम्यो, अनि पुरै सुटकेस खोल्दा के पाइयो भने बासी पाउरोटी रहेछ । त्यो मिल्काएपछि कुकुर अर्कैतिर गयो अनि सुरक्षा जाँचले उनलाई छोड्यो । कडा थियो सुरक्षा जाँच तर मेसिनले हेर्ने, कुकुरले सुँघ्ने अनि मात्र पठाउने । हामीलाई लिन हाम्रो राजदूतावासको ड्राइभर सायद समालियाको हुनुपर्छ, आएका थिए खोज्दै । ढिला भएकाले होला । अनि हामीलाई उनले सिधै राजदूतावासमा लगे, सायद प्रकाश अधिकारी भाइ पनि आएका जस्तो लाग्छ हामीलाई लिन दूतावासका तर्फबाट ।

दूतावासमा पुगेपछि एक छिन आराम गरियो, झोलाहरू त्यहीँ राखियो र परिचय पत्र बनाउनका लागि महामहिम राजदूत मधुरमणजीले हामीलाई लिएर जानु भयो । वास्तवमा उहाँ जानु जरुरी थिएन तर हरि थपलियाजीका कारणले हामीलाई त्यहाँ परिचय पत्र बनाएपछि संयुक्त राष्ट्रसङ्घ भवनमा घुमाउनु भयो । परिचय पत्र नभए त कुनै ढोका पनि खुल्दैन थियो, सायद त्यसैले होला पहिले परिचय पत्र बनाइयो । परिचय पत्र त ‘कुञ्जी !’ पो रहेछ, ढोका खोल्न, कतै प्रवेश गर्न र डग्या ह्याकर कोल्ड पुस्तकालयको प्रयोग गर्न पनि, क्यान्टिनका प्रवेश गर्न पनि । अर्थात् परिचय पत्र नभई त्यो विश्व भवनमा प्रवेश पाउने कुनै आधार पनि थिएन र त्यो अनुशासन पनि होइन । 

साधारण सभामा भाग लिन आएकाले कम्तीमा पनि कुनै समितिमा नेपालको तर्फबाट भाषण त गर्नु नै थियो । मेरो पालो परेछ चौथो समितिमा २२ अक्टोबरमा बोल्ने पालो । नेपालको सूचनाको अवस्थाका वारेमा । त्यो भाषण नेपाल देशको हो । तर मैले केही कुराहरू थप्न पाएँ र हालैको सूचनाको हकसम्बन्धी कानुनको बारेमा जानकारी दिएँ दूतावासका साथीहरूलाई र मेरो भाषणमा त्यसलाई थप्न लगाएँ । अर्थात् मैले आफैँले हेरेँ आफ्नो भाषण र ठिक छ भनेँ ।

त्यो बेलामा स्थायी प्रतिनिधिका रुपमा मधुरमण आचार्य हुनुहुन्थ्यो । मैले सामान्य मात्र चिनेको तर उहाँले एकदम चिनेको जस्तो गर्नुभयो । त्यसको कारण हुनुपर्छ कोको आउँदै छन् भन्ने पूर्व जानकारी पाएकाले र एउटा सफल कूटनीतिज्ञको विशेषता नै के हो भने सबैलाई उस्तै व्यवहार गरेर प्रभाव पार्ने । हरिजी र मधुजी त कक्षाका साथी पनि हुनुहुन्थ्यो क्या हो विश्वविद्यालयको प्राणी विज्ञानको स्नातकोत्तर तहमा पढ्दा । मेरो त पहिलो पटक नै हो दोहोरो कुरा भएको तर लाग्थ्यो उहाँसँग मेरो धेरै पहिलेदेखि नै चिनजान थियो । त्यसको एउटा कारण त मेरो पत्रकारिताको पृष्ठभूमि पनि हो कि ? थाहा छैन तर उहाँले जुन व्यवहार हरि थपलियाजीसँग, गोपाल सरसँग, ज्योति बहिनीसँग गर्नुभयो, मलाई पनि त्यस्तै अपनत्व दिनुभयो । सायद दोस्रो वरीयतामा कूटनीतिज्ञ मधुवन पौडेल हुनुहुन्थ्यो । उहाँलाई मैले साहित्यकारका रुपमा चिनेको हुँ, तर उहाँ त कूटनीतिज्ञ पनि पो हुनुहुँदो रहेछ । त्यहाँ तीर्थ वाग्ले पनि हुनुहुन्थ्यो । उच्च सैनिक अधिकृतमा देवेन्द्र मेधासीजी हुनुहुन्थ्यो जस्तो लाग्छ । अरु साथीहरूको नाम बिर्सेँ पनि अब । करिब १३ वर्ष बितिसकेको छ । 

मलाई लिन बहिनी बन्दना कोइराला राजदूतावासमा नै आई र टीकाका दिनसम्म दाजुलाई मसँगै राख्छु भनेर लिएर हिँडी । म पनि ऊसँग रेलमा उसको बासस्थान क्विन्समा पुगेँ । पहिलो पटक अमेरिका पुगेको, त्यत्रो ठुलो सहर न्युयोर्क,  भूमिगत रेल त मैले, पेइचिङ्, टोक्यो र सिउल, हङकङमा चढेको थिएँ तर अमेरिकामा पहिलो पटक पुग्दै थिएँ, त्यहाँको स्वचालित तरिकासँग परिचित हुँदै थिएँ । राती त भाइ रोसन पनि सियाटलबाट आइपुगेछ राती । टीकाका दिन त हामी दाजु बहिनी र भाइ भयौँ टीका लगाउनेमा । 

दसैँको मुखमा घरबाट हिँडेको, आमाको हातबाट टीका लगाउन छोडेर, केटाकेटीलाई टीका लगाउन छोडेर । अनि बहिनी जगदम्बासँग पनि कुरा भयो राती । ऊ त्यो बेलामा ज्वाइँ कोविद बाबु पिताजी र माताको हातबाट टीका लगाउन  भान्जा भान्जी आश्विन र आर्यासहित ह्युस्टन आउनु भएको रहेछ । ह्युस्टन पछि एउटा तालिम कार्यक्रममा ड्यालस सहरमा बस्नु पर्ने रहेछ केही दिन । बहिनी ह्युस्टन आएकी, म न्युयोर्कमा रहेँ । 

साधारण सभामा भाग लिन आएकाले कम्तीमा पनि कुनै समितिमा नेपालको तर्फबाट भाषण त गर्नु नै थियो । मेरो पालो परेछ चौथो समितिमा २२ अक्टोबरमा बोल्ने पालो । नेपालको सूचनाको अवस्थाका वारेमा । त्यो भाषण नेपाल देशको हो । तर मैले केही कुराहरू थप्न पाएँ र हालैको सूचनाको हकसम्बन्धी कानुनको बारेमा जानकारी दिएँ दूतावासका साथीहरूलाई र मेरो भाषणमा त्यसलाई थप्न लगाएँ । अर्थात् मैले आफैँले हेरेँ आफ्नो भाषण र ठिक छ भनेँ ।

 त्यो त दूतावासले बनाउने हो, मुलुकको सूचनाको बारेमा बताउने हो तर भर्खरै मात्र सूचनाको हकको कानुन कार्यान्वयन हुन थालको अवस्था थियो त्यो जानकारी विश्व समुदायलाई दिनु जरुरी थियो आधिकारिकरुपमा । करिब ९ मिनेटको भाषण थियो, मैले समय हेरेर करिब ८ मिनेटमा पढेर सिध्याएँ । रातो बत्ती बल्न पाएन । साँच्चै विश्व संसद्मा मैले बोलेँ । धेरैले धेरै पटक बोलेको ठाउँ हो र पनि मेरा लागि त्यो ठाउँ न पहिले बोल्न पाएको थिएँ, न पछि फेरि बोल्ने मौका पाएको छु ।

टीकाका दिन सामान्यतया राजदूतावासले त्यहाँका नेपालीहरूलाई पर्वको महत्त्वका लागि भेला गराउने चलन रहेछ, त्यो दिन महामहिम राजदूत मधुरमण आचार्यका निवासमा पनि  भोज थियो दसैँको जसमा हामी साथीहरू फेरि भेटियौँ । त्यसै दिनदेखि मेरोलागि वासस्थान राजदूतावासका अधिकृत (कूटनीतिज्ञ) सुधीर भट्टराईजीको वासस्थानमा व्यवस्था गरिएको रहेछ । साथीहरूचाहिँ कहीँ होमस्टेमा पर्नु भएको रहेछ । सामान्यतया आउने अतिथिहरूका लागि बासका व्यवस्था मिलाउने चलन रहेछ । 

सायद, ज्वाइँ साहेब कोविद दाहाल र बहिनी जगदम्बाले सुधीर बाबुकोमा मेरो व्यवस्था गरेको अनुमान गरेको छु । तर भयो के भने सुधीर बाबुले त सोनु अधिकारीसँग विवाह गर्नु भएकाले मैले बहिनी पो पाएँ अनजानमा नै । कस्तो रमाइलो भयो भने बहिनीले साह्रै माया गरिन् । न्युयोर्कको ३३ स्ट्रिटको घर नम्बर २००को २१ ‌‍‍‍‌‌‍औँ तलामा बसियो न्युयोर्कमा पहिलो पटक । 

मलाई लाग्छ, त्यो मेरो अनुपम र अविस्मरणीय क्षण थियो जुन कुरा मैले बारम्बार विद्यार्थीहरूलाई सुनाएको छु । यसबारेमा अरु संस्मरण आगामी यादहरूमा दिने नै छु । 

 तर अहिले साथी कृष्णबहादुर कार्कीको बारेमा ।

मैले यो संस्मरण लेख्न बस्दा मेरो अर्को प्रिय साथी कृष्णबहादुर कार्की जसलाई हामी आफ्नो गाउँले बोलाइमा सबैले सान्जेठो भन्ने गर्थ्यौँ । सुनेअनुसार कोरोना भाइरसले नै कडा निमोनिया भएछ र साथीले २०७७ साल पुस १२ गते राती त्रि.वि. शिक्षण अस्पतालमा यो मृत्यु भएको पापी संसारबाट सदाका लागि महायात्रा रोजेछ । हुन त यो संसार अपार छ, र पनि जन्मेपछि मर्नै पर्ने नियति भने छँदै छ । 

मेरो साथीको महायात्राको जानकारी सामाजिक सञ्जालमा अत्यन्त सक्रिय युवा समाजसेवी गौरव कार्कीले दिएका हुन । त यो संसारमा आएपछि एक दिन त जानै पर्ने रहेछ । तर प्रिय साथीको महायात्राले एउटा तरङ्ग ल्याउने रहेछ । अहिलेको जस्तो खेलकुद विकासको व्यवस्था आजभन्दा ५५—६० वर्ष अघि गाउँ गाउँमा पनि हुँदो हो भने पक्कै मेरो साथीले सबै प्रकारका दौड, छेलो हान्ने, कपर्दी र उकालो चढ्नेमा राष्ट्रिय पदक तथा एसियन पदक पाउँथ्यो होला । अझ राम्रो तालिम पाउँथ्यो भने पक्कै नै ऊ अन्तर्राष्ट्रिय खेलाडी हुन्थ्यो होला, त्यस्तो थियो छरितो । 

हामी जब गाउँको दौड, डोरी तान्ने, कपर्दीको खेलमा हुन्थ्यौँ, हामी सबैको चाहनामा सान्जेठो मेरै समूहमा परोस् या यो खेल त सान्जेठोलेमात्र खेल्न सक्छ भनेर हामी भन्थ्यौँ । समूहको रुपमा जब कपर्दी खेल्थ्यौँ, त्यो बेलामा हामी सान्जेठोको समूहमा पर्न पाउँदा त्यो खेल जित्नेमा पर्थ्यौँ । चाहे लङजम्प होस्, चाहे हाइ जम्प होस् या दौड होस् सान्जेठो नै खेलको नायक हुन्थ्यो । हामी छक्क पर्थ्यौँ, त्यति अग्लो पनि होइन तर हाइजम्प उसैले जित्थ्यो धेरै उफ्रेर । पछि भलिबल आयो, फुटबल आयो , त्यसमा पनि आफूभन्दा सानो उमेरका सँग पनि ऊ खेल्थ्यो रे र सिकाउँथ्यो रे भन्थे । 

अझ रोचक सम्झना त के हो भने उसलाई कपर्दीबाट हटाउनका लागि केही साथीहरूले उसको जनै चुँडाई दिन्थे । जनै चुँडाउनु भनेको चुँडिने बित्तिकै उसले बोल्न नपाउनु हो, तत्कालै जनै लगाउन     घरमा जानु हो । नयाँ  जनै नलगाईकन बोल्न पनि पाइँदैनथ्यो । जनै चुँडिने बित्तिकै ऊ भाग्थ्यो घरतिर कमिज र धोती बोकेर । अर्थात् ऊ कमिज फुकालेर खेल्थ्यो किनभने उसका हातले त्यसो गर्दा अरूको हात फुत्काउन ऊ सजिलो मान्थ्यो । अर्को कारण के पनि हो भने तानातानमा कपडा च्यातिने डर पनि थियो, त्यसैले कट्टुमात्र लगाएर खेल्थ्यौँ हामी सबै । उसको जिउ साह्रै नै छरितो थियो । पछि एउटा तरिका निकालियो, जनैलाई या त कम्मरमा बाँधेर राख्ने , या त हातमा बाँधेर राख्ने ताकि कसैले त्यो चुँडाउन नसकुन् । 

पछि गाउँमा हेल्थ पोस्ट स्थापना भयो, ऊ र चित्रबहादुर थापा दाइले त्यहीँ रोजगारी पाए । एक प्रकारले गाउँको डाक्टरको सेवा दिन्थ्यो मेरो प्यारो साथी सान्जेठाले । गाउँमा पत्रिका आउँथ्यो अतिरिक्त हुलाकमा खुर्कोटबाट । हाम्रालागि पत्रिकाको जोहो गथ्र्यो र भन्थ्यो—खोइ, पढ्न सकिएन, साथीहरूले पढेको सुन्दा पनि मज्जा लाग्छ । पछि मैले लेख्न थालेपछि गाउँमा पत्रिका पठाउन थालियो, गाउँमा नै मुख्य हुलाको स्थापना भयो । बेला मौकामा गाउँ जाँदा साथीसँग नभेट्ने कुरै भएन भेटिन्थ्यो । पछि उसको जेठो छोरो काजी भन्छौँ हामी, इन्द्र कार्की काठमाडौँमा आयो, मेरी बहिनीले अभिभावकत्वमा राखी भाइलाई केही समयसम्म । मिहिनेती थियो, राम्रो पढ्यो, अहिले राष्ट्रिय खेलकुद परिषद्मा कुनै महाशाखाको प्रमुख छ । मेरो साथीको खेलकुदप्रतिको मोह त पूरा हुन पाएन विभिन्न कारणले तर उसको छोरोले नेपाली खेलकुदको क्षेत्रमा प्रशासनिकरुपमा व्यवस्थापकको भूमिका निर्वाह गरिरहेको छ ।

बिचमा साथीलाई रोगले च्यापेर आवाजसमेत गयो तर ऊ मिहिनेतसाथ आवाजको व्यवस्थापन गथ्र्यो र कुरा गथ्र्यो । सान्जेठो भनेपछि एउटा हक्की, सत्य बोल्ने, निर्भीक तथा समाजसेवी मानिन्थ्यो । उसले कसैको पनि कुभलो चिताएन, बरु स्वास्थ्यको क्षेत्रमा काम गरेकाले धेरैको ज्यान नै बचायो अतीतमा । गाउँको स्वास्थ्य चौकी हुनाले बिहान बेलुका पनि ऊ सधैँ सेवामा हाजिर हुन्थ्यो । टाढा टाढाबाट आउने बिरामीहरूका लागि बस्ने व्यवस्था र भएका ओखतीहरूको वितरण सहज तरिकाले गथ्र्यो भन्थे सबैले ।

म पनि धेरै वर्ष बाहिर रहेर केही वर्ष पहिले गाउँमा जाँदा ऊ भन्थ्यो—खोइ र हाम्रा साथीहरू नै छैनन्, यसो कुरा गर्न पनि । तिमी पनि कहिलेकाहिँमात्र आउँछौ । बाक्लै आउने गर न ! अनि म पनि भन्थेँ— तँ पनि त काठमाडौँ आइरहन्छस् साथी, छोराको घरमा, ओखती गर्न, आउँदैनस् म भएको ठाउँमा । अनि भन्थ्यो—छोरालाई पु¥याइ दिनु त भन्छु, ऊ पनि व्यस्त देख्छु ।

मेरा घरका भाइ, बहिनी तथा छोरा छोरीहरूको काजीसँग राम्रो सम्बन्ध छ, त्यो कारण गाउँकै भाइ, दाइ भएर मात्र होइन, मेरो र साथीको मित्रताका कारणले पनि पारिवारिक सम्बन्ध भएर हो । हुन त मेरा बा र सान्जेठाका बाको पनि साह्रै राम्रो सम्बन्ध थियो । हाम्रो बारी सँगै थियो । ऐटनका खलक हुन्, सभ्य छन् काजी खलकहरू भनेर बाले जहिले पनि भन्नुहुन्थ्यो । खासमा उमेरका हिसाबले त मेरो साथी ज्ञानबहादुर हो माहिलो भाइ साथीको तर मेरो उमेरले ज्ञानबहादुर साथी छँदै छ, तर सँग पढेकोले र मित्रताले सान्जेठोसँगको सम्बन्ध गाढा रहिरह्यो उसको महायात्रासम्म पनि । सामाजिक सञ्जालमा देखेँ, साथीको मृत शरीर पिपिइमा थियो र टाढैबाट उसलाई श्रद्धाञ्जली दिइरहेका थिए आफन्तजनले । अनि सामाजिक सञ्जालमा नै देखेँ काजीले पिताजीसँग माफी मागेको—बुवा, मलाई माफ गर्नुस् है, मैले हजुरको अन्तिम दर्शन गर्न पाइन । म चाहिँ साथीसँग पनि माफी माग्छु साथी अन्तिम बेलामा न त खबर पाएँ, न त जान हुने अवस्थामा नै रह्यो अनि ढिलो थाहा पाएँ सामाजिक सञ्जालबाट । काजी पनि रहेनछ यहाँ । उसैले त हो भन्ने मलाई तेरो बारेमा बेला मौकामा । 

केही दिन अघि मात्र अर्थात् मङ्सिर २९गते मित्र गोपाल बास्कोटाको कोरोना भाइरसबाटै निधन भएको भन्ने सुनेको हुँ । यसबारेमा मैले यो भन्दा पहिलेकै संस्मरणमा लेखिसकेको हुँ ।  केही समय अघि मैले एकदमै मान्ने गरेको र दाजु नै सम्बोधन गरेर कुरा गर्ने गरेको दाजु वरिष्ठ शल्य चिकित्सक डाक्टर ध्रुव शर्मा मुडभरीको पनि कोरोना भाइरसको कारणले निधन भएको भनेर समाचार आएको थियो । त्यो पनि नेपाली स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा अपूरणीय क्षति थियो ।

मेरो चिनजान त पूर्व मन्त्री नवराज सुवेदी काकाको साथी भएका कारणले भएको थियो । पछि एकदम घुलमिल भइयो । त्यसको राजनीतिक पनि हुन पुग्यो र मैले कुनै बेला उहाँको छोरोलाई ल्याब स्कुलमा भर्ना गर्न मद्दत गरेकाले पनि हुनसक्छ । म पत्रकारितामा साप्ताहिक राष्ट्रपुकारसँग पनि सम्बन्धित भएकाले पनि हुुनसक्छ । तर जुन माया उहाँले मलाई गर्नु भयो कारण जेजे भए पनि हाम्रो परिवारको चिकित्सकको रुपमा पनि दाजुले अभिभावकत्व लिनु भयो । मेरो दाजु गणेशप्रसाद अधिकारीको मृगौलको शल्य चिकित्सा पनि २०३७ सालको वैशाखमा उहाँले नै गर्नुभयो वीर अस्पतालमा । पछि मेरी पत्नी देवकी अधिकारीको पेटको शल्य क्रिया पनि उहाँले नै गरिदिनु भयो वीर अस्पतालमा । आमा बिरामी भएर आउँदा भने उहाँले जाँचेर डाक्टर सुन्दरमणि दीक्षितकोमा पठाउनु भएको थियो । त्यस्ता धेरै पहाडबाट आउने बिरामीहरूको जिम्मा लिएर म लैजान्थेँ मुडभरी दाजुकोमा र सबैलाई उहाँले सक्दो सहयोग गरेर पठाउनु हुन्थ्यो ।

मलाई कहिलकाहिँ अप्ठ्यारो पनि लाग्थ्यो, मैले लिएर गएका बिरामीहरूसँग उहाँको सुन्धारमा रहेको क्लिनिकमा फिस पनि लिनु हुन्न थ्यो । एक पटक लेबोरेटरी स्कुलमा पढ्दै गरेको छोरोका फिस तिर्न आउँदा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा शल्य चिकित्सक डाक्टर भोला रिजाल पनि आउनु भएको थियो लेबोरेटरी स्कुलमा । अनि पो थाहा भयो, मुडभरी दाजुको रिजाल दाइ त सालो पो हुनुहुँदो रहेछ ।  दुबै डाक्टरमा कुनै पनि अहङ्कार देखिएको थिएन । अहिले डाक्टर भोला रिजाल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएर स्वस्थ हुनु भएको छ । उहाँलाई बधाई दिनै पर्छ । सायद केही महिना पहिले जस्तो लाग्छ, उहाँले पनि टर्कीमा गएर उपचार गरेर आउनु भएको थियो । भोला दाइ त दोहोरो सर्जक हुनुहुन्छ । एउटा चिकित्सकका रुपमा अनि गीतकार, गीत गायन अनि  समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । 

डाक्टर भोला रिजाल शिक्षकहरूलाई कति धेरै सम्मान गर्नुहुन्छ भन्ने कुराको एउटा उदाहरण मसँग छ । हुन त मेरो र उहाँको परिचय पनि उहाँको छोरा मनीष रिजाललाई मैले पढाउने भएकाले पनि भएको हो तर सामाजिक कार्यक्रमहरूमा मलाई उहाँले पत्रकारको रुपमा चिन्नुहुन्थ्यो होला तर लेबोरेटरीमा पढाउने कुराले उहाँ खुसी हुनुहुन्थ्यो । मनीष पनि एउटा तार्किक विद्यार्थी थियो र सायद अहिले विदेशमा छ । रिजाल दाइ त्रि वि शिक्षण अस्पतालको निर्देशक हुनुहुन्थ्यो । म र नेपाल शिक्षक सङ्घका तत्कालीन महासचिव मीठाराम विश्वकर्मा दुःखीलाई लिएर उहाँसँग भेट्न शिक्षण अस्पताल गएँ र नेपालका शिक्षकहरूका लागि शिक्षण अस्पतालमा केही स्थान सुरक्षित गरेर उपचार गराउने कुरामा उहाँले सहर्ष स्वीकार गर्नुभयो र आधिकारिकरुपमा प्रतिनिधि मण्डलसहित पत्र लिएर आउन अनुरोध गर्नुभयो ।

 दुर्भाग्य ! त्यो दिन फेरि किन आएन भने केही समयपछि उहाँले निर्देशक पद छोड्नु भयो । तर मलाई र विश्वकर्मा भाइलाई ठुलो प्रभाव परेको थियो । अनि उहाँले मीठारामलाई एउटा विश्वकर्मा नेपालका शिक्षकहरूको महासचिव भएकोमा बधाई पनि दिनु भएको थियो । सायद उहाँलाई अब यो कुरा सम्झना छ कि छैन, तर मलाई उहाँको व्यक्तित्वको यो पाटोप्रति अहिले पनि श्रद्धा जागेर आउँछ । नेपालका शिक्षकहरूका लागि अहिलेसम्म पनि कुनै अस्पतालमा ठाउँ सुरक्षित छैन जबकि सेनाको आफ्नै अस्पताल छ, प्रहरीहरूको आफ्नै अस्पताल छ, कर्मचारीहरूको आफ्नै सिभिल अस्पताल छ तर करिब ६ लाख जति शिक्षाकर्मीहरूको कुनै अस्पताल पनि छैन र कतै औषधोपचारका लागि स्थान सुरक्षित पनि छैन ।

 सायद, इतिहासको त्यो कालखण्डमा हामीले हतार गरेर डाक्टर रिजालको सहयोगलाई लिन सकेको भए विद्यालय र विश्वविद्यालयका शिक्षकहरूलाई औषधोपचारका लागि एउटै मानक बनाइन्थ्यो कि ? सबै शिक्षकहरू एकै हुन् भन्ने मानक । एउटा सर्जकको संवेदनशीलतालाई सदुपयोग गर्न सकिएन जस्तो लाग्छ । अहिले पनि उहाँ नेपाल मेडिकल अस्पतालको अध्यक्ष हुनुहुन्छ, सायद शिक्षकहरूको महासङ्घले छलफल गरे केही सहयोगको व्यवस्था हुन सक्थ्यो कि ? मैले सुनेको छु , नेपाल शिक्षक सङ्घले एउटा अस्पतालको बारेमा कुरा चलाएको छ रे ! सायद, त्यो बन्ला र आम विद्यालय शिक्षकहरूको लागि निवृत्त हुँदा पनि औषधोपचारको व्यवस्था होला जस्तो कि सेना , प्रहरीको हुने गरेको छ । 

 

 

Share:

Saturday, January 2, 2021

गुरु किन !



एक किसानले आफ्नो एउटा गाई वनको छेउमा लगेर चरनका लागि छोडेर आफू खेतीपातीमा लाग्यो । गाई चर्दै जादा जंगलको बीच तिर पुग्यो ।

समय पनि बित्दै गएको थियो । गाईले पछि फर्केर हेर्यो । पछिपछि एउटा सिंह उसलाई सिकार गर्न आउदै गरेको देख्यो । उ फर्किने अबस्थामा रहेन । अगाडि बड्दै गयो  ।

अगाडि बड्दै जादा एउटा पानीको ताल नजिक पुग्यो । उ पछि फर्किने अबस्थामा थिएन, किनकि पछिपछि सिंह आइरहेको थियो । अगाडि पानीको ताल भित्र पस्यो । पानीको तालमा पानी भन्दा हिलोको धाप थियो । धापमा गाई फस्यो ।

सिंहले पानीको बीचमा अडिएको देखेर लाग्यो, अब सिकार गर्ने असल मौका नजिकै आयो । सिंह पनि पानीको ताल भित्र पस्यो । तर विचरा सिंह पनि धापमा फस्यो । गाई भए नजिकै पुगेको भए पनि गाईलाई सिकार गर्न सक्ने क्षमतामा उ रहेन ।

गाई र सिंह आमुन्ने सामुन्ने भए । दुबैको दुर्दशा एउटै थियो, ईन्तु नचिन्तु । गाई भाग्न सक्दैनथ्यो । सिंहले गाईलाई सिकार गर्न सक्दैनथ्यो ।

यसै बीच गाईले सिंहलाई सोध्यो- "ए सिंह ! तिम्रो कुनै मालिक वा गुरु छ ?" सिंहले भन्यो- "ए गाई ! तिमीलाई थाहा छैन ? म त जंगलको राजा हुँ, मलाई किन मालिक तथा गुरु चाहियो ?" 

गाईले भन्यो- "तिम्रो मालिक तथा गुरु रहेनछ तर मेरो मालिक छ र गुरु पनि उहि हो । अब केही समयपछि उसले मलाई लिन आउनेछ । किनभने जब म बेलामा घरमा पुगिन, उसले मलाई खोज्दै यहाँ आउनेछ । उसले मेरो हेरचाह गर्छ ।

नभन्दै केही समयपछि किसान गाईलाई खोज्दै तहा पुग्यो । किसानले आफ्नो गाई धापमा फसेको देख्यो । उसले धापबाट उद्धार गरेर बाहिर निकालेर गाईलाई घरतिर लिएर हिड्यो । उसले सिंहको उद्धार गरेन । यदि उद्धार गरे पनि फेरि गाईलाई सिकार गर्न उ उद्धत हुनेछ ।

सिंह धापमा फसिरह्यो । गाईलाई किसानले घर लिएर गयो । 

अहङ्कार घमण्डले हरकोहिलाई दुर्गतिमा पुर्याउछ । आपद-बिपद र समस्याबाट असल गुरु र असल मालिकले मुक्त गराउछन् । असल मालिकले गाईले दूध दिन छोडेको थियो, त्यसलाई चाहे बाघले खाअोस चाहे भिरबाट लडोस् भनेर निच मार्दैन । उसले उपकार गर्छ नै । गुरु भनेको समस्याको गाँठो फुकाउने कुञ्जि नै हो । गुरु सधै मार्गदर्शकका रुपमा रहने पहिलो आँखा हो । जब जोकोहीको आफ्नो आँखाले काम गर्न छोड्छ त्यतिबेला गुरुको आँखाको आबस्यक हुन्छ ।

यसकारण जोकोहीको जीवनमा असल गुरु तथा असल मालिक हुन जरुरी छ ।

Share:

Thursday, December 31, 2020

Look For Just Now

Share:

Friday, July 6, 2018

प्राबिधिक शिक्षा किन ?

प्राबिधिक शिक्षा किन ?

पहिलोपटक २०४५ को सिटिईभिटि ऐन लिएर सरकारले प्राबिधिक शिक्षा भित्र्याएको थियो । यो सकरात्मक पक्ष थियो तापनि प्राबिधिक शिक्षाको महत्त्व र विश्वास दिलाउन धेरै समय खर्चिन पर्यो ।

नेपालमा प्राबिधिक शिक्षा भित्रीई सकेपछि नीजि लगानी कर्तालाई फाइदा पुरायो नै । सरकारि क्याम्पस र विद्यालयमा यसको पहुँच पुगेन वरु वेलावेलामा अालोच्य वन्दै अायो ।

अर्कोतिर मन्त्रालयबाटै प्राबिधिक शिक्षा दिन सिटिईभिटिलाई काउन्टर दिदै सरकारले एकमुष्ठ पचास लाख दिने सर्त अनुरुप प्राबिधिक शिक्षा दिने उद्धेश्य लियो,वजेट दियो तर वालुवामा पानी हाले वरावर भयो । कारण मन्त्रालयसंग दक्ष जनशक्ति थिएन । सिटिईभिटिसंग दक्ष जनशक्ति थियो तर त्यसलाई सभ्य भाषामा भन्दा सिधा अाैंलाले होइन अाैंला वङ्गाएर घिउ निकाल्ने माफिया हावी भए,प्राबिधिक शिक्षा सामुदायिक विद्यालयसंम पुग्न सकेन ।

अहिले सामुदायिक विद्यालयलाई प्राबिधिक शिक्षा दिने उद्धेश्य महत्त्वपूर्ण ढंगबाट अगाडि सारेकोछ । यो अाफैमा अत्यन्तै सकरात्मक कुरा मान्नुपर्दछ । तर अहिले पनि अपुरो खेती भएको पाइन्छ,त्यो के भने कतिपय सामुदायिक विद्यालय विदेशीले वनाईदिएकाछन् भवन राम्रो छ,अानतरिक स्रोतसाधन छैन , कतिपय सामुदायिक विद्यालयमा स्रोतसाधन छ, प्रयाप्त भवनछैन । सिटिईभिटिको "निर्देशिका २०७२" मा स्पष्ट भनेको छ जग्गा खरिद र मुअाव्ज दिन सकिनेछैन, अाफ्नो साधनस्रोत परिचालन गरेर प्राविधिक शिक्षा संचाल गर्न सक्नेछन् ।

एउटा कुरा स्मरण गराउन जरुरी छ,त्यो के भने सिटिईभिटिका केही अधिकारीले भन्छन् सामुदायिक विद्यालयले स्कुलको नजिक घरभाडा लिएर चलाउन मिल्दैन । यसमा प्रश्न उठ्यो सामुदायिक विद्यालयले घर भाडामा लिएर चलाउन नपाउने नीतिगत  नै हो त भन्दा नीतिगत होइन ईन प्राक्टिस हो भनिन्छ । मैले वुझेको नीतिगत भनेको प्राईभेटका रुपमा चलाउने सस्थाले लिने शुल्क भन्दा तीस प्रतिशत कम सामुदायिक विद्यालयले लिनुपर्छ ।

ईन प्राक्टिसको कुरा गर्दा अहि नेपाल सरकार लगायत स्थानीय सरकारका कार्यलय,क्वाटरहरु भाडामानै लिएर चलेकाछन् भने २०७२ सालको भुकम्पले भत्किएका असी प्रतिशत विद्यालयका भवनहरुमा जगसम्म उठेकोछैन । कस्तो हो त सिटिईभिटिको सामुदायिक विद्यालयले घर भाडामा लिएर चलाउन नपाउने ईन प्राक्टिस ? नीति र निर्देशिका खल्तीमा राखेर हिड्नु राम्रो कुरा होइन ।

यदि यतिबेलाको कुरा गर्ने हो भने स्वयं प्रधानमन्त्री,नेता प्रचण्डले अब प्राविधिक शिक्षाको विकल्प छैन, वलिया पाखुरा विदेशिन नदिने हो भने प्राविधिक शिक्षामा जोडदिनुपर्छ भनिरहेकाछन् । यतिबेला प्राविधिक शिक्षाका लागि माहोल वनेको अवस्थछ,अभिभावकले पनि अाफ्ना वालवालिका विदेशीयीको देख्न चहादैनन् । 

सामुदायिक विद्यालयको अहिले असजिलो के हो भने हाई स्कुल वनाउने हो भने +२ हुनै पर्ने,यदि यो भएन भनेे ८ कक्षासम्म मात्रै कक्षा संचालन गर्नुपर्ने । यो  अवस्थामा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा दिने भन्ने कतै वच्चालाई लालीपप् देखाए जस्तो त हुँदैन ? यो गम्भीर प्रश्न किन उठ्यो भने सामुदायिक विद्यालयमा ईटिसि देखि कक्षा संचालन गर्नुपर्नेहुन्छ । कसरी ईटिसिका बालबालिका देखि प्राविधिक शिक्षा लिने विद्यार्थीलाई समेटेर कक्षा व्यवस्थापन गर्ने ? यो गम्भीर समस्या हो ।

यदि सामुदायिक विद्यालयले प्राविधिक शिक्षा दिने पहुँच राख्छ भने पहिलो प्रार्थमिकता सामुदायिक विद्यालयलाई दिदा कम पैसामा अभिभावकले अाफ्ना बालबच्चालाई पढाउन सक्नेछन् । यहाँ त उल्टो भएको छ, प्राईभेटमा भर्ना हुन नसक्नेलाई सामुदायिक विद्यालयले पढाइदिनुपर्ने । नीतिगतको त कुरै छोढाैं हाम्रो ईन प्राक्टिस पनि उल्टो गतिमा हिडेकोछ,लाजमर्दो ढंगबाट । ईन प्राक्टिस कति खतरा हुन्छ भने पंचायतले ईन प्राक्टिस गर्यो,पंचायत गयो । राजाले ईन प्राक्टिस गर्न खोज्यो दरवार नै ढल्यो, अब हामीले पनि ईन प्राक्टिसकै कुरा गर्नेहोभने कहाँ टेकेर कहिलेसम्म ईन प्राक्टिस गर्नेहो ।

यसकारण सरकारले प्राविधिक शिक्षाका विषयमा पहिलो प्रार्थमिकता सामुदायिक विद्यालयलाई दिनुपर्छ । अर्कोकुरा मन्त्रालय र सिटिईभिटले छुट्टाछुट्टै पाखुरा सुर्किनु भन्दा वन ढोर सिस्टममा जान जरुरीछ । वरु कहाँ के सुधार गर्नु पर्छ,गराै र व्यवस्थित गराै । निस्कर्श के हो  भने अब व्यवस्थित प्राविधिक शिक्षा दिनु वाहेक अर्को विकल्पछैन । अन्यथा वलिया पाखुरा विदेशीने र वाकसमा बन्द भएर अाउने लास वुझिरहनु पर्नेछ ।
Share:

Tuesday, November 17, 2015

नेपाली काँग्रेसले किन आफ्नै खुट्टामा वन्चरो हान्दैछ ?


नेपाली काँग्रेसको पार्टी आदर्श प्रजातन्त्रात्मक समाजवाद भनिए पनि विचार र व्यवहारमा यो पाइदैन । जसकारण पाट्री संगठन कमज़ोर वन्दैछ । यसलाई सुधार गर्नु त छदैछ । अर्कों कुरा राष्ट्रीय राजनित प्रति सजक हुन पनि ज़रूरी छ । किनभने समावेसितालाई गलत तरिकावाट प्रयोग गरियो, अधिकांश पैसा हुने र नातेदारवाट फाइदा उठाइयो ताकि समावेसितालाई राज्यमा पहुँच नहुनेका लागि प्रयोग हुन पर्थ्यो । हाम्रा नेताहरू कद ठूला देखिए पनि विचार र व्यवहारमा ठूला पाइएनन् । परिवर्तनका साशनकालमा प्रया अर्थ मन्त्रालय नेपाली काँग्रेसको रहिये तर त्यस्तो प्रभावकारी समाजवादी आर्थिक कार्यक्रम आएन, वरू भ्रष्टाचार मौलायो । अहिले सत्तामा लागि अनौठो समिकरण वनेको छ । राजा र हिन्दु रास्ट्र नभै नहुने र संघीयतालाई कदापि स्वीकार नर्ने कमल थापा र चीत्रवहादुर केसी एमाले र एमाओवादीको नजिक पुगेका छन्, यो कस्तो गठवन्द हो ? यसको विश्लेषण हुन पनि ज़रूरी छ, राजनितमा सत्ता मात्र हो कि विचार नैतिकता पनि ? यस्ता धेरै कुराको विश्लेषण गरेर नेपाली काँग्रेस अगाडि बडन ज़रूरी छ । अन्यथा नेपाली काँग्रेसले  पतनको बाटो त समाइ सकेको छ, अझ पतन हुनेछ !
Share:

Tuesday, May 12, 2009

जबाफ छ ?

संमाननिय प्रधान प्रचन्डले सिदै तिनवटा कुराहरु ढाटनु भयो । उहाँको भिडियो टेपबाट यो कुरा थाहा हुन्छ ।आफुले आफुलाई नै ढाटनु भयो कि उहाँ कम्युनिष्ट हुनुहुदो रहेनछ । किनकी मार्क्सबादले यो पनि भन्छ त्यो पनि भन्छ भन्नु भयो । यदी मार्क्सबद बैज्ञानिकबाद हो भने बिज्ञान झुटो हुँदैन । अर्को उहाँले विश्वलाई ढाटनु भयो । उहाँका सेना सात्तआठ हजार भन्दा बढी रहेनछन् । यो उहाँकै मुखले बोल्यो । अब माओबादी सेनको पुनर समायोजन गर्नेकी नगरने ? तेस्रो कुरा जनतालाई ढाटनु भयो । जनतालाई भेढा ठान्नु भयो कि पैसामा खरिद बिक्री गर्न सकिन्छ ।
Share:

Translate

Blog Archive

Definition List