मिठाराम विश्वकर्मा
म संग केही राजनीतिक साथीहरूले सोध्ने गर्छन् विचार, सिद्धान्त र दर्शनमा के अन्तर हुन्छ ? यसको उदाहरण यसरी दिने गर्छु- मान्नुहोस् एउट केराको बोटमा यसरी केरा फल्योकि फलेको केराको बोटको फलले भुँई छुनै लाग्यो, अब त्यसलाई टेकोको अावस्यक पर्यो, त्यो टेको भनेको सिद्धान्त र दर्शन हो । लटरम्म फल फलेको रुखलाई टेको दिनै पर्छ । यसको मतलब बिचार पहिलो कुरा हो । र, सिद्धान्त र दर्शन त्यसपछिको कुरा हुन्, मान्नुहोस सिद्धान्त र दर्शन विचार भन्दा गाैंण कुरा नै हो । विचारले मात्र चरित्र निर्माण गर्छ, प्रेरित गर्छ । मार्क्सका पुस्तक पढेर मार्क्सवादी बन्न सकिएला, रविनसन क्रुसो पुस्तक पढेर महान अर्थशास्त्री बनिएला, हेगेल र प्लेटोको पुस्तक पढेर महान राजनीतिक दर्शनशास्त्री बन्न सकिएला तर त्यसलाई विचार र चरित्रमा ढाल्न सकिएन भने त्यो समयको बरवादी मात्रै हो । दर्शनको कुरा गर्दा उदाहरण भारतीय धार्मिक दर्शनमा पापीलाई दिइने सजाय तेल उम्लेको तातो करायीमा हालेर यातना दिन्छ भने धर्माप्तीलाई स्वर्ग जहाँ सुन्दर बगैँचा, मन्दि चिसो हावा, अानन्ददायक ठाउमा वस्न पाइन्छ भनिन्छ तर तिब्बतीय बुद्ध धार्मिक दर्शनमा पापीलाई चिसो वरफमा यातना दिइन्छ र धर्माप्तीलाई न्यानो अानन्दायी ठाउमा राखिन्छ । दर्शन पनि भुगोल अनुसार परिभाषा हुदो रहेछ । जस्तो भारतीय भुगोल तातो छ, त्यसैले पापको दण्ड तातो कुरामा डर पैदा गरियो र तिब्बती भुगोल चिसो हुने भएकोले पापीको दण्ड चिसो कुराम डर पैदा गरियो । भन्न खोजिएको के भने सिद्धान्त र दर्शनको परिभाषा परिस्थिति अनुसार गरिएको हुदो रहेछ । सायद यसैले दर्शनलाई पुर्वीया दर्शन र पाश्चात्य दर्शन भनी फरक ढंगबाट बुझ्न खोजीएको हुन सक्छ ।
बिचार नियतको कुरा हो । जब नियत खराब हुन्छ त्यहाँ कुनै पनि कुराले अर्थ राख्दै । यसकारण पहिलो कुरा नियत ठिक हुनु पर्यो । युरोपमा मार्क्सको बिचारले अाैंद्धोकिक क्रान्ति र मजदुर अान्दोलन सफल भएकै हो । जब अाैंद्धोकिक क्रान्ति र मजदुर अान्दोलन सफल भयो मार्क्सको बिचार मर्यो, बाकि मार्क्सवादी सिद्धान्त र दर्शन मात्रै बाँकि रह्यो । यसै भनिएको होला साम्यवाद मर्यो। हो ! बिचार मर्यो सिद्धान्त र दर्शन जिउँदै छ । रुसी साम्यवादको पतन हुँदैमा मरेको होइन । हामी काँहा मरेको बिचार लिएर साम्यवादको सिद्धान्त र दर्शन खोल्तिमा लिएर हिडिरहेका कम्युनिस्ट छन् । यो पनि भुली हाल्नु भएन । मानिस विचारका लागि जति सतर्क हुन जरुरी छ सिद्धान्त र दर्शनका लागि जरुरी छैन । थुप्रै विचारक जन्मे पछि सिद्धान्त र दर्शनको सानो घेरा भित्र मृत्युबरण गरे । ती चाहे लेलिन, मोजिनी, सन यत सेन, जोराष्टर, बुद्ध, क्राइस्ट, सोक्रेटश, प्लेटो अादि किन नहुन् ।
यस्तै, भारतमा गान्धीको बिचार सफल भयो, अङ्ग्रेजले भारत छोडे तर जब नेहरु सत्तामा गए गान्धीको बिचार मर्यो सिद्धान्त र दर्शन मात्रै बाच्यो, पछिल्ला शासकले न धोती मात्र लगाएर हिड्न तयार भए न चर्खामा समय लगाए ।
कम्युनिस्ट बिचार मात्रै मरेको होइन प्रजातन्त्र बिचार पनि मरि सकेको छ । प्रजातन्त्र जनताले लाइन लगाएर भोट हालि शासक चुन्ने काम मात्र प्रजातन्त्र होइन । मानिसका केही सर्वमान्य अधिकार हुन्छन्, प्रजातन्त्रले ती कुराहरुको संरक्षण गर्नुपर्छ । प्रजातन्त्र कसरी मर्यो भन्ने कुरा बुझ्नलाई हन्टिङ्टनको "थर्ड वयभ" पुस्तक पढे राम्रोसँग बुझ्न सकिन्छ ।
नेपालमा नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी हो, प्रजातान्त्रिक बिचार भएको पार्टी होइन, यतिबेला । विपि कोईरालाको बिचार मरि सक्यो केबल सिद्धान्त र दर्शन मात्रै बाँकी छ । जब प्रजातन्त्रमा खिरिद बिक्रीको कारोवार हुन्छ र जातीय, क्षेत्रीय र समुदायका रुपमा पार्टीहरु चल्न थाल्छन् त्यहाँ प्रजातन्त्र भन्ने हुँदैन हुँदैन । भन्नै पर्दा हामीकहाँ प्रजातान्त्रिक दल नै छैनन् ।
यसकारण अाजको प्रबल विचार भनेको समानुपातिक हो, समानुपातिक पनि पुर्ण समानुपातिक ! यसले कसैलाई नाोक्सान पुर्याउनेवाला छैन, नोक्सान पुर्याउछ भने त्यो समूहलाई पुर्याउछ जुन समुह थोरै छ तर सत्ताशक्ती कब्जा गर्ने चतुर्याइँ छ । चाहे राजनीतिक क्षेत्रमा होस् चाहे प्रशासनिक क्षेत्रमा होस् सत्ताशक्ती कसको कब्जामा छ, समान्य मानिसले पनि बुझेको छ । भनिरहनु पर्दैन ।
अारक्षणको पद्धतिले सामाजिक कलह ल्याउछ, मान्नुहोस् वा नमान्नुहोस् । नेपालको कुनै एउटा जातलाई अन्य जात भनिएको थियो । त्यहाँ गुनासो रह्यो । अहिले त्यो जातलाई अार्य भनिएको छ । अाश्चर्य लाग्छ, यसको परिभाषा के हो ? नेपालको सन्दर्भमा भन्ने हो भने केही मङ्गोलीयन मुलका मानिस बाहेक सबै अार्यन मुलका मानिस हुन् । हामीले दलित-जनजाति भनिएका पनि अार्यन मुलका होइनन् भन्न सकिने ठाउँ छैन । कुरा सानो लाग्न सक्छ, परिणाम गम्भीर बन्न सक्छ ।
यस्ता कुराको निकास पुर्ण समानुपातिकबाट मात्र हुन सक्छ । पुर्ण समानुपातिक प्रणालीमा चार पाँच जना मिल्यो पार्टी खोलि हाल्यो, यस्तो अबस्था पनि रहदैन । अर्को कुरा एउटा राष्ट्रिय सल्लाहकार ( थिङ् ट्ङ्क ) समिति बनाउन अाबस्यक छ । यसमा जुनसुकै क्षेत्रका मानिस राख्न सकिन्छ । यो अभ्यास धेरै मुलुकमा छ । यिनीहरूले राष्ट्रिय हितका विषय बाहेक निजी विचार राख्दैनन् र पाउदैनन् पनि । जसअबजसका भागिदार तथा जिम्मेवार पनि यिनै हुन्छन् ।
हाम्रा नेताहरुले कहिलेकाहीँ बडो ताजुव लाग्ने कुरा गरेको पाईन्छ । हालसालै प्रचण्डले भने अब हामीले पुँजीवाद कि समाजवाद मध्य एउटा छान्नै पर्छ । उनले के छान्न खोजेका हुन, जबकि संविधानको प्रस्तावना मै समाजबादको कुरा लेखिएको छ । सत्ता संविधानको सर्त मानेर प्रयोग गर्ने अनि कुरा अाल्तुफाल्तु ? अर्का नेपाली काँग्रेसका महामन्त्रीले जनमत सङ्ग्रहको बेमौसमी कुरा गर्न पछि परेनन् । उनले को संग जनमत संग्रह मागेका हुन ? पहिला उनको दलले दुईतिहायी बहुमत सहित संसदमा पुगे उनको कुराले अाैचित्व राख्त्यो । यदी उनले कपी अोलीसंग जनमतसंग्रहको माग राखेका हुन् भने अाैचित्वहिन मान्नु पर्छ कि जनमतसंग्रहका लागि उनले जनविद्रोह गर्न सक्नुपर्छ ताकि सरकारले घुडा टेक्न बाद्य होस् । जबकि पार्टीले प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेको छैन, कुरा जनमत संग्रह को ? कि संविधानको बाधाअटकाउमा बिबादास्पद कुरामा जनमत संग्रह गर्न सकिने भन्ने कुरातिर ध्यान केन्द्रित हुनु पर्यो, यो कति सम्भव छ । नेपाली काँग्रेसका महामन्त्रीले यो माग राख्दैमा कति अर्थपूर्ण हुन्छ, यो पनि ख्याल राख्नै पर्ने हुन्छ । महामन्त्री पद संस्थागत हो, त्यसैले कुरा पनि संस्थागत हुनु पर्यो ।
अर्थपूर्ण ढंगबाट उठेका कुराहरु धेरै छन् । सुन काण्ड कहाँ पुग्यो ? निर्मला हत्याकाण्ड कहाँ पुग्यो ? वाईड वोडी हवाई जहाज काण्ड कहाँ पुग्यो ? मुलुकमा शान्तिसुरक्षाको अबस्था अस्थब्यस्थ छ । हैन ! हो यो देशमा ५२ दिन सम्म संसद नेकपा एमालेले चल्न नदिएको ईतिहास छ । नेपाली काँग्रेस के कुरासँग डराएको छ ? भोलिका दिनमा यो पनि गम्भीर विषय बन्न सक्छ । काँग्रेस डराउनुको पछि कारण के छ ? यतिबेला सरकारको कामकारबाही मात्र असफल होइन प्रतिपक्षको भुमिका पनि असफल देखिन्छ ।
भ्रष्टाचार, महङ्गी र स्थायी सुशासन न हुनु जनताका लागि यी तीन कुराहरु अत्यन्तै खतराजन्य कुरा हुन । सरकार जुनसुकै दलको किन नहोस् यस्ता कुरामा नजरअन्दाज गर्नु हुदैन, सहमति रहनुपर्छ । यी कुराहरूले राष्ट्रियता कमजोर बनाउछ । त्यसकारण कुनै पनि मुल्य किन चुकाउनु नपरोस यी तीन कुरामा राष्ट्रिय सहमति हुनैपर्छ । राष्ट्रियता कम्जोर हुदा कुनै पनि राजनीतिक दल बलियो हुन सक्दैन । प्रजातन्त्रलाई एउटाले म्युजियममा राखे हुन्छ भन्दा अर्काले तलाई चिडियाखानामा राखे हुन्छ भन्ने जस्ता अर्थमा बुझ्नु होइन, सरकार प्रमुख राष्ट्रिय नाचघरमा नाटक मञ्चन गर्ने कलाकार जस्तो पनि बन्नु भएन ताकि उखानटुक्का भनेर दर्शकलाई हसाउनु वा गम्भीर वनाएर नाटक अाकर्सक बनाइयोस् । संसद बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्दै सत्तामा टासिएर वस्नु र सत्तालाई गलत ढंगबाट प्रयोग गर्नु कम्युनिस्ट नैतिकता भित्र पर्दैन । यसो भन्दै गर्दा पनि उनीहरू दुईत्याई बहुमतमा छन् । अासा गर्न सकिन्छ राज्यले सुशासन र राजनीतिक स्थायित्व पाअोस् ।
यसका लागि प्रतिपक्षको पनि सहयोग चाहिन्छ, सहयोग लिने दिने कुरामा कन्जुस्याइँ गर्नु हुन्न । तर राष्ट्रिय जिम्मेवारी लिएका नेताहरू बोल्ने र गर्ने कुरामा त्यति सचेत भएको पाइदैन, चाहे जुनसुकै दलका किन नहुन् । अाफ्नो दलहरु भित्र होस् वा सरकारमा किन नहोस् उनीहरू अधिनायकवादी चरित्र तिर उन्मुख देखिन्छन् । नेपाली काँग्रेस भित्र "मालिकहलिगोठालाबाद" त छदैछ साम्यवादीहरुले पनि " विश्वासका मजदुर एक हाैं" भन्दै जनतालाई रैतीकै रुपमा हेरेको र प्रयोग गरेको पाइन्छ । यी कुराहरु अझ भोलिका दिनहरुमा कसरी प्रस्तुत होलान् समयले देखाउनला ।
(क्रमश : थट, मेमोरि र ईमाजिनेशन-२)
Email: mitharamdukhee@gmail.com

0 Comments:
Post a Comment