Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

जीवनको एक सच्चायी



बास्तबमा हरकोही मानिसको जीवन भित्र एउटा अनाैठो रहस्य छिपेको हुन्छ, जसले पछि छिपेर बसेको जीवनको रहस्यलाई उजागर गर्दछ । भनिन्छ हरकोही मानिस उ जहाँ उभिन्छ, उसको जीवन यात्रा पनि तहिबाट सुरु हुन्छ । र, हुन्छ पनि त्यसतै । कुनै समय अमिताभ बच्चन अल ईण्डिया रेडियोमा कार्यक्रम सञ्चालन गर्ने ईच्छाले अल ईण्डिया रेडियोको कार्यलयमा पुगेका थिए तर उनिबाट कार्यक्रम सञ्चालन गर्न ईन्कार गरिएको थियो ।

अाज हामीले देखेका अमिताभ बच्चन जहाँ उभिएका थिए त्यहीँबाट जीवन सुरु गर्दै जादा बास्तबमा अमिताभ बच्चन तहि अमिताभ बच्चन बने जे उनी बन्न चहान्थे । यसरी नै जीवनको यात्रा तय हुदो रहेछ । हर मानिसले सोच्ने गरेको हुन्छ जुन दिन उ आफ्नो खुट्टामा उभिने तागत गुमाउछ, त्यो दिन आफुले जन्माएको सन्तान उसको बैसाकी बनोस् । यो सत्य हुन पनि सक्छ न हुन पनि सक्छ तर उसले अाफ्नो मनमा यो उमिद राख्छ । अर्को कुरा जब एक जीवनले अर्को जीवनलाई साथ लिन्छ, त्यो पनि अटुट मृत्युु प्रयत्न साथ र न्यानो मायाको अपेक्षा राख्दछ । जसले जीवनमा अाउने हर सुख र दुखलाई समान र दिगो रहने सपना बोकेको हुन्छ ।

जीवनको अारोह अबरोह अरु भन्दा ज्यादै फरक हुन्छ । जीवनले जहिले सुकै उचाइ रोज्छ, धरातलमा भासिने कल्पना गरेको हुदैन । बिधिको बिडम्बना कहिलेकाही यसमा केही अन्तर अाउछ । जे होस् जसले एकपटक मृत्युुलाई जितेर फेरि उभिन्छ, उ अन्ततः मृत्यलाई जिजतेरै मृत्युको सरणमा जान्छ, मैले यो कुरा कोरा कल्पना गरेर भनेको कुरा होइन, यथार्थमा यस्तै हुन्छ । सत्य पनि यहि हो, बाकी अाडम्बर र दम्भमा बाच्ने कलाको खोजी मात्र हो । मानिसले उनान्सय गल्तीहरुलाई सच्याएर एउटा असल काम गरे पुग्छ, मानव दर्शन र भाैतिक विज्ञानले पनि यही भन्छ ।

Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List