Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

Sunday, July 8, 2018

काँग्रेसले वुझ्नुपर्ने कुरा

चक्र प्रसाद वास्तोलाको संयोजकत्वमा वनेको संविधान मस्यौदा समितिको सदस्य हुने माैका पाए र कस्ले के चाहान्थ्यो कस्ले के चाहादैनथ्यो भन्ने कुराको केही छिद्र मलाई पनि जान्ने अवसर प्राप्त भयो । संयोगले नेपाली काँग्रेसलाई यस्तो बलियो शक्तिका रुपमा स्थापित वनायो कि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गणतन्त्र अायो । सुशील कोइरालाको नेतृत्वमा संविधान अायो र शेर वहादुर देउवाको नेतृत्वमा एक वर्ष भित्र तीनै तहको निर्वाचन गरेर संविधान कार्यन्वयन भयो । यसमा नेपाली काँग्रेस पुर्णरुपमा सफल भयो ।

नेपाली काँग्रेसको नेतृत्वमा भएको यो उपलब्धि केही विदेशी स्वदेशी ग्यामलरलाई पचेको थिएन र अाजसंम पनि उनिहरुलाई पचेको छैन । यो कुरामा नेपाली काँग्रेस सजक हुन  जरुरी थियो,भएन वरु अाफैभित्र अन्तर कलहमा फस्यो र ती ग्यामलरहरुलाई बलियो रुपमा खेल्न सक्ने अवसर दियो ।

नेपाली काँग्रेसभित्र पनि समयको फाइदा उठाउन चाहाने एजेन्ट नभएका होइनन्,छन् । यीनिहरुले सस्ता कुरा गर्छन्,विचार उत्तेजित वनाउछन् र मालिकलाई रिजाउछन् । यो एजेन्टको काम मालिकहरुले तथाकथित नयाँ पुस्ता भनाउदालाई सुम्पेकाछन् र पुराना पुस्तामाथि भरोसा गर्न छोडेका छन् । यसमा नेपाली काँग्रेस  प्रति समर्पित पुस्ताले वुझ्न अत्यन्तै जरुरीछ । किनभने  वेलैमा सतर्कता अपनाइएन भने नेपाली  काँग्रेसलाई तेजोवद गर्ने चाहाने शक्ति हावीमात्र होइन सफल पनि हुनेछन्  ।

अब नेपाली काँग्रेस अान्तरिक विवादमा नफसी बलियो संगठन वनाउनतिर लाग्नुपर्छ,एउटै डुँगामा वसेर डुँगामा प्वाल पार्दा प्वाल पार्ने पनि सुरक्षित हुदैन भन्ने कुराको हेक्का राख्नुपर्छ ।
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List