सामाजिक संघर्षका लागि कुनैनकुनै रुपमा बलिदान दिनुपर्ने हुन्छ । यहाँ त्यस्तै घटनाको जानकारी दिन खोजेको छु । कुनै समय आजको केरेला ट्रमानकोर राज्यका रुपमा चिनिन्थ्यो, जसलाई मार्थनब्रमले स्थापना गरेका थिए । यो कुरा सन् १७२९-१७५८ हो । यस्तै आजको तामिलनाडु त्यतिबेला मन्द्रास प्रेसिडेन्सीका रुपमा चिनिन्थ्यो ।त्यतिबेला समाजलाई उच्च जात र निम्न जातमा शासकले विभाजन गरेका थिए । त्यहाँ एजभा र नाडर जाति निच जातिका रुपमा चिनिन्थ्यो । त्यतिबेला कानुन बनाइयो, निच जातिका पुरुषले टोपी वा पगरी लगाएर हिड्न पाउदैनथे, यतिसम्म कि गम्छाले टाउको छोप्न समेत पाउदैनथे र स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन पाउदैनथे ।
उच्च जातका लागि यो कानुन लाग्दैनथ्यो । तर उनीहरूले राज्यलाई ट्याक्स तिर्थे । एजभा जातकि नङ्गेली नामकि स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन थालिन, यस्तो अन्यायपूर्ण व्यवहारको विद्रोह गर्न थालिन । यो कुरा एक कान दुई कान हुँदै राजा कहाँ पुग्यो । त्यतिबेला राजाले खटाएका मानिस घरघरमा ट्याक्स उठाउन जान्थे ।
ट्याक्स अधिकारी ट्याक्स उठाउन नङ्गेली कहाँ पनि पुगे । नङ्गेलीले निकै तर्क वितर्क गरिन, अन्ततः उनेले आफ्नो स्तन छोपे बापत ट्याक्स तिर्नै पर्ने भयो । उनी भित्र गइन् र आफ्नो स्तन काटेर केराको पातमा राखेर "मैले यही स्तन नदेखाए बापत होइन" भन्दै ट्याक्स अधिकारीलाई दिइन् । यो घटना सन् १७२९ देखि सम्म १८०३ चल्यो ।
स्तन काटेर दिदा उनको उच्च रक्तश्राप भएको कारण उनको मृत्यु भैसकेको थियो । तर यो कुरा फैलिन थाल्यो र राजालाई प्रेसर दिन थालियो । राजा बाध्य भएर ट्यक्सका नाममा स्तन दिने प्रथा हटाइदिए । तर ट्याक्स असुली गर्ने काम सन् १७२९ देखि १९२४ सम्म प्रचलनमा रह्यो ।
अर्को मन्द्रास प्रेसिडेन्सीमा नडार जातिको पनि अबस्था यस्तै थियो । यहाँका शासक चार्लस् ट्रेभिलिन थिए । उनी क्याथोलिक थिए । तल्लो जातका मानिसले शासकलाई खुसी पार्न क्याथोलि धर्म अपनाए, जसकारण उनीहरूले ठुलो समस्या भोग्नु परेन । तर जसले ट्याक्स तिर्थे उनीहरूले स्तनको आकार अनुसार ट्याक्स तिर्थे जसलाई सन् १८५९ मा यो प्रथालाई हटाइयो । भारतीय समाजले सन् १७२९ देखि १९४९ सम्म विभिन्न किसमका सामाजिक समस्या भोग्नु पर्यो, भारत स्वतन्त्र भएपछि संबैधानिक रुपमा जातीय विभेदको अन्त्य गरियो । तथापि आज पनि ४ प्रतिशत भन्दा बढी भारती दलित लाभान्वित भएका छैनन् ।
आज वीरङ्गना नङ्गेलीको मुर्ति केरलामा स्थापित गरिएको छ यसकारण समाज बदल्न कुनै नकुनैले बलिदान दिनैपर्छ ।
नङ्गेलीको जस्तै घटना नेपालमा पनि भएको छ । योगमायाले सामाजिक विसंगतिका विषयलाई लिएर विद्रोह गर्दा टिक्न सक्ने अबस्था रहेन र आफ्ना ७२ जना सहयोगी सहित कोशीमा हाम फालेर सामुहिक हत्या गरे । यो कुरा पनि नेपलको इतिहासमा बिर्सन नसकिने घटना हो ।







0 Comments:
Post a Comment