Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

Wednesday, August 14, 2013

निर्वाचन नगर्न वैद्यको बहाना

निर्वाचन नगर्न वैद्यको बहाना

डा. मिठाराम विश्वकर्मा
यतिबेला रेग्मीको अध्यक्षतामा चुनावी सरकार बनेको छ । आगामी मंसिर चार गते संविधानसभाको निर्वाचन हुन्छ वा हुन सक्दैन ? त्यो त्यही समयले बताउला तर मंसीर चारगते राजनीति भाष प्रयोग नगरी भन्ने हो भने निर्वाचन हुन सक्दैन । विगत चार वर्षमा संविधान बन्न नसकी स्वतन्त्र सरकार बनाउने राजनीतिक दलहरु असफल भएको अर्थ त लागेकै छ र पनि उनीहरुको सिफारिसमा बनेको कर्मचारीतन्त्रको सरकारलाई पनि निर्वाचन गराउन सक्ने सहज वातावरण पनि दिन नसकेको आरोप छ ।
एउटा आश्चर्य लाग्दो राजनीति  वातावरण निश्चित रुपमा देखिएको छ । मुलुकमा लोकतन्त्र ल्याउन जनताले रगतको होली खेल्नु प¥यो । मुलुकमा गणतन्त्र ल्याउन जनता सडकमा आउनु प¥यो । राज्यको पुनरसंरचनाका नाममा नेपाली जनताले जनआन्दोलन गरेकै हुन् । राजनीतिक दलहरुलाई विश्वास गरेर छ सय एकको नेतृत्व संविधानसभामा पठाएकै हुन् । चार वर्षसम्म राजनीतिक दलहरुको बाटो हेरेकै हुन् तर जनतालाई थाङ्नामा सुताइएको रहेछ भन्ने कुरा पछिल्लो दिनमा प्रमाणित भयो । राजनीतिक दलहरुले जनतालाई नेतृत्व दिन नसकेको पुष्टि रेग्मीको अध्यक्षतामा सरकार बनाएर आफूलाई शीर्ष नेताको झुम्राको पुतली बनाएर देखाए ।
अहिले सुनिन्छ, फलानो मन्त्री फलानो दलको सिफारिसमा भएको हो । यो उसको सिफारिसमा भएको हो, आदि इत्यादि । यदि राजनीतिक दलहरुले नै सिफारिस गरेर कर्मचारीलाई सरकारमा ल्याउनु परेको भए किन दलीय सहमति कायम गर्न नसकेर हात उठाएर ? हाम्रा राजनीतिक दलहरुलाई अदृश्य शक्तिहरुको दबाब रहेछ भन्ने कुराको उदाहरण लोकमान सिंह कार्की हुन्, यो सबैले भन्नछन् । भ्रष्टचारको आरोप लागेकाले साँच्चैनै भ्रष्टचारको जेरो उखेल्ने हो भने फेरि जनताले स्वागत गर्छन् है, नेपाली जनतामा त्यो दिल छ । यसका थुप्रै उदाहरणहरु छन् ।
मुलुक जता मोडिए पनि मुलकले निकास खोजेको छ । मुलुकलाई निकास दिने हो भने राजनीतिक दलहरु प्रति नेपाली जनता आभारी हुन्छन् । यतिबेला नेपाली जनताको नेपालको राजनीति प्रति राम्रो बुझाइ छ । पाँच तारे होटलको सेमिनारमा एउटा राजनीतिक विद्वानले भन्ने कुरा गाउँको हलीगोठालालाई सोध्ने हो भने पनि आफ्नो भाषा र शैलीमा ठ्याक्कै त्यही कुरा बोल्छ । 
अब नेपाल जनता मुर्ख छैनन् भन्ने सन्देश दिइरहेका छन् । यो कुरा राजनीतिक दलका नेतृत्वले कति बुझेको छ ? वा छैन ? उनीहरुले नेपाली जनतालाई सोध्ने होइन, आफ्नो मनलाई सोधून् । आफू कुन धरातल र पानीमा छौं भनेर आफूले आफै“लाई मूल्याङ्कन गरुन । राजनीतिक दलहरुबाट गम्भीर त्रुटि भइसकेको छ । दलहरुको गम्भीर त्रुटिद्वारा मुलुकलाई खाडलमा हालिसके पछि पनि अझ आफुलाई उचो देखाउन विदेशी राजनीतिक शक्ति केन्द्रहरुमा धाउने प्रक्रिया फेरि शुरु भएको छ । यो नाङ्गै सहर घुमिरहेको राजाको कथा जस्तो हो । हाम्रा राजनीतिक दलका बादशाहहरुले नेपाली जनताको हिजोको बलिदान सम्झून् ! चाहे छ्यालीस सालको जनआन्दोलन होस, चाहे बैसठ्ठी–त्रिसठ्ठीको जनआन्दोलन होस छातीमा गोली थापेर लडेका रानीपोखरी र कलंकीका सहीदको रगत सम्झून् ! बोकेको कुकुरले शिकार गर्दैन । इन्दिरा गान्धीको हत्या कसले ग¥यो ? राजीव गान्धीको हत्या कसले ग¥यो ? अमेरिकाको टे«ड टावरमा कस्ले प्लेन धस्यो ? नेपालको राजतन्त्र कसरी समाप्त भयो ? माकुरालाई त उसैले जन्माएका बच्चाले खान्छ । यो उखान होइन, यथार्थता रहेछ ।
विगत संविधानसभाका चार वर्ष अत्यन्तै निरासपूर्ण भए । संविधान बनेन । संविधान नबन्नुको कारण के रह्यो ? फेरि निर्वाचन भैहाले छ भने तोकिएको अवधिभित्र संविधान बन्न सक्ने ग्यारेन्टी छ ? विगत संविधानसभाका चार वर्षमा राजनीतिक दलहरुलाई जनताका अत्यन्त महङ्खवपूर्ण उपलब्धिहरु गुमाएका हुन् । वास्तवमा जेठ चौध गते संसद् विगठन हुनेवाला थिएन । संसद् विगठन हुनुको पछाडि नेपाली काँग्रेसबाट गम्भीर त्रुटि भएको छ । किनभने नेपाली काँग्रेसद्वारा डा. बाबुराम भट्टराईको सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेस गरिन धालिएको थियो । तर अविश्वासको प्रस्तावका लागि गरिएको दस्तखत नेपाली काँग्रेसका संसदीय दलका नेताले कोटको खल्तीमा राखेर बरु कृष्ण सिटौलाको नेतृत्वमा डा. बाबुराम भट्टराइको सरकारमा सहभागी गरियो । अविश्वासको प्रस्ताव पास हुने अवस्थामा किन सदनमा अविश्वासको प्रस्ताव पेशनगरी डा. बाबुराम भट्टराईको सरकारमा पठाइयो र फेरि फिर्ता बोलाइयो ? यसको रहस्य बुझ्न पनि जरुरी छ, जति जेठ चौध गते संसद् विगठन हुनुलाई दोषी ठानिएको छ ।
अहिले वैद्यलाई नेकपा–माओवादीका रुपमा हाउगुजी खडा गरिएको छ । नेकपा–माओवादी नेपालको कुन राजनीतिक शक्ति हो ? देशको राजनीतिक शक्तिका रुपमा देखिन दुई मध्ये एउटा कुरा हुन जरुरी छ । पहिलो राजनीतिक दल हो भने विधिको नियमभित्र निर्वाचन आयोगमा दर्ता भएको हुनु प¥यो । यो होइन भने विद्रोही शक्तिका रुपमा विद्रोह गरिसकेको हुनु पर्छ । लाग्छ, यी दुई मध्ये एक कुरा पनि नेकपा –माओवादीभित्र देखिदैन । अनि वैद्यलाई सहभागी नगराई निर्वाचन गर्ने मिल्दैन भन्नुको तात्पर्य के हो ? वैद्यलाई बुख्याँचा बनाएर निर्वाचन भाँड्ने कुरातिर मुलुकको राजनीति अगाडि बढिरहेको छ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । वैद्यको राजनैतिक रणनीति स्पष्ट हुनु जरुरी छ । विगतका दश वर्ष बन्दुक कसको नेतृत्वमा उठाइएको थियो ? कुन मिसनका लागि उठाइएको थियो ? यदि नेकपा–माओवादीको मिशन पूरा नभएको हो भने वैद्यद्वारा विगतका सहमतिका विरुद्ध विद्रोह किन भएन ? ठीक छ, त्यतिबेला उहाँ पनि झुक्किनु भयो, आज त विद्रोह गर्ने सक्नु हुन्छ । जसरी सहमतिको अधिकारिता हुन् जरुरी छ त्यसै गरी विद्रोहको पनि अधिकारिता हुन्छ ? विगत दश वर्षको शुरुका दिन उहाँहरु आफ्ना मागहरु राखेर अधिकारिक रुपमा विद्रोहीमा जानु भयो र राज्यले पनि विद्रोही शक्ति स्वीकार गरेर विद्रोही शक्तिका रुपमा सम्मान गरियो । राजनीति भनेको ताकपरे तिवारी नत्र गोतामे भएर टाङ् लडाउने शक्तिका रुपमा बुझ्न हुन्न । र, वैधलाई हाउगुजी बनाएर वा बहाना बनाएर मूलधारमा रहेका राजनीतिक दलहरु पन्छिन पाइँदैन ।
नेपाली जनताले जुन राजनीतिक दलहरुबाट आशा गुमाएका छन् त्यसको शंकालाई मेटाउन मुलुकलाई निकास दिनै पर्छ । वैद्यको कुरा त माओवादी मित्रको अन्तरविद्रोह हो । यसले राष्ट्रिय मूल राजनीतिलाई प्रभाव पार्न सक्दैन । रेग्मीको सरकार गैर राजनैतिक सरकार हो र संविधान पनि छैन । केही दलको सिण्डिकेट मान्य छैन । माओवादीले गरेको दश वर्षे जनयुद्ध परिणाममुखी हुन् सकेन । भने, वैद्यले विद्रोह गर्नु प¥यो । अनि मात्र एउटा शक्तिका रुपमा मान्न सकिन्छ । नत्र यो मान्दिन त्यो मान्दिन भनेर राजनीति शक्तिका रुपमा मान्न सकिदैन । मुलुकमा भएका वर्तमान कतिपय कुराहरुप्रति असहमति जनाउनेको संख्याको एउटा एजेन्डै बनाएर जनमत सङ्ग्रह गरांै न, परिणाम त देखिहाल्छ नि ! जनताले बलिदान दिएर मलुकमा परिवर्तन भएको केही राजनीतिक दलहरुले कर्मचारी तन्त्रलाई सत्ता सुम्पिने ? गल्ती त बारम्बार हुँदै आएका हुन्, झन् महागल्ती त राजनीतिक दलहरुले गरेकै छन् । यो कुरा उनीहरुले स्वीकार्नै पर्छ । फेरि वैद्यलाई हाउगुजी र बहाना बनाएर निर्वाचन हुन सकेन भने त्यो त मूर्खतापूर्ण गल्ती हुन्छ । माओवादी भित्र वैद्यलाई एउटा वैद्य ग्रुप भन्नु पर्छ, राजनीतिक दलमाथि मैले उठाएका दुई प्रव्रिmया मध्ये एक नभइ मान्न सकिँदैन । हो, विभिन्न शक्तिकेन्द्रहरु छायाँका रुपमा काम गरेको पाइन्थ्यो, अहिले नाङ्गो आँखाले ती शक्तिकेन्द्रको हस्तक्षेप देख्न सकिन्छ । यसले हाम्रो राष्ट्रियतामाथि कस्तो प्रभाव पार्छ त्यो गम्भीर रुपमा बुझ्न जरुरी छ ।
info@mithaeam.com.np
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List