Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

राजनेताको बोल्ने र गर्ने कुरामा तालमेल फर्जि

 




मिठाराम विश्वकर्मा/ 


यसपाली पनि सधै झै विरालो बाधेर श्रद्धा गर्ने चलन जस्तै विपिको सम्झना गरियो । ठोष रुपमा कार्यक्रम नभएता पनि परम्परा धान्ने प्रचलन छ । आज पनि विपिको विचार सान्दर्भिक छ भनियो । एउटा प्रश्न सधै उव्जिने गर्छ, कहिले विपिको विचार सान्दर्भिक भयो वा भएन । नेपाली काँग्रेसमा विपिलाई भजाउने गतिलो वहाना बनिरहेको छ । विपिको विचारलाई आजका नेपाली काँग्रेसका नेताहरुले व्यवहारिक रुपमा कति उतार्ने काम गरेका छन्, यो पनि प्रश्नकै रुपमा छ । विपिले प्रजातान्त्रिक समाजवादको मान्यतालाई अगाडि वढाएका थिए । तर आजसम्म प्रजातान्त्रिक समाजवादको व्यवहारिक र वास्तविक अर्थ खुल्न सकेको छैन । केवल विपि विचारमात्र भनेर औपचारितामात्र पुरा गर्ने काम हुँदै आएको छ । यही दिन विपिक विचारको सपना पुरा गछौ पनि भनिने गरिन्छ । नेपालको राजनीति परिवर्तन पछि नेपाली काँग्रेस वारवार सत्तामा पुगेको हो । नेपाली काँग्रेस सत्तामा पुग्दा कहिले जनहितमा समाजवादी कार्यक्रम ल्यायो, यस कुरामा भने गम्भिर हुनु पर्दछ नै । नेपाली काँग्रेसभित्र प्रजातन्त्र छ तर समाजवाद छैन । किनभने प्रजातन्त्रका नाममा जे पनि भन्न मिल्छ तर समाजवादमा सरोकार राख्ने कुरामा ख्याल नराख्दा पनि त्यति ठूलो आपति मानिदैन । प्रजातन्त्र र समाजवाद पृथक कुरा हु । विपिको विचार आज पनि सान्दर्भिक होला तर विपिको विचार स्लोगानमा मात्र प्रयोग हुने गर्याे । प्रजातान्त्रिक समाजवाद आजको समयमा सादर्भिक भनिता पनि यो सान्दर्भिकतालाई कसरी प्रयोग भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । विपिको विचारलाई सान्दर्भि होला तर पार्टीले यो सान्दर्भिकतालाई अगालेको पाइदैन । हो ! विपिले प्रजातन्त्र आएपछि सुकिलामुकिला हावी हुनेछन् र फेरी तिनीहरुका विरुद्धमा पुनः संघर्ष गर्नु पर्ने छ भन्ने कुराको आंकलन गरेको थियो । भयो पनि यस्तै । नेपाली काँग्रेसले समाजवाद उन्मूख गति लिन सकेन । यस कुरामा जनतालाई अब ढाटिरहन अवस्था छैन । नेपाली काँग्रेस समाजवादी दल हुनै सक्दैन । किनभने आजको सन्दर्भमा नेपाली काँग्रेस पुँजीवादी धारतिर फर्कि सकेको छ । नेपाली काँग्रेसभित्र पुँजीवादी एकाधिकारवादी र नेराघेराका एजेन्टहरुको वाहुल्यता रहने का्रम बढिमात्रमा पाइन्छ । नेपाली काँग्रेसको वर्गशत्रु भनेकै यही आचरण हो । यस आचरणलाई नेपाली काँग्रेसका ठुला माछा देखि भुरुना माछा समेतले छोडन तयार भएको देखिदैनन् ।

यही साउने पर्वमा नेपाली काँग्रेसका महामन्त्रीले अब नेपाली जनताले राजा प्रति ध्यान दिन थालेका छन् भन्ने विना मौसमको वासुरी वजाउन पछि परेनन् । उनले बेलाबेलामा यस्तो विना मौसमको वासुरी अगाडि पनि नवजाएका होइनने, वजाउँदै आउने गरेका छन् । त्रिसठ्ठी चौसठ्ठीको जनआन्दोलनले मिल्काइएका राजा पुन सत्ताशिन हुन कम्तिमा तीन प्रक्रियाहरु पुरा गर्नुपर्छ । पहिले, वर्तमान राजनैतिक प्रक्रिया पूर्ण रुपमा असफल भएर राजा ल्याउन थामी नसक्दो भिड सडकमा आयो भने त्यो भिडले राजालाई डोराएर लगेर राजगद्धीमा राख्न सक्ने आवस्था सृजना हुनुपर्छ । दोस्रो, जनतालाई राजा चाहिन्छकि चाहिदैन भनेर जनमत संग्रह हुनपर्छ । तेस्रो, अब राजा नै चाहिने रहेछ भनेर संसदको दुईतिहायी वहुमतले वर्तमान संविधानलाई संसोधन गरेर राजगद्धी सुम्पिनुपर्छ । आजको अवस्था भनेको संविधानताः राजतनत्रलार्य समाप्त गरिसकेकाृ अवस्था हे । यतिबेला यो सम्भव देखिदैन । यस्तो सम्भव नदेखिएको कुरामा किन नेपाली काँग्रेसका महामन्त्रीले राजाको सपना देख्छन् ? राजाका विषयमा यत्रो चिन्ता किन ? अहिले दुईतिहायी वहुमत नेपाल कम्युनिष्ट पार्टिसँग छ । के नेपाली काँग्रेस महामन्त्रीले राखेको प्रस्तव उनीहरुले मान्लान् ? यदि नेपाली काँग्रेसका महामन्त्रीलाई राजालाई गद्धीशिन बनउने चिन्तानै छ भने अर्को निर्वाचनमा नेपाली काँगे्रसले दुईतिहायी वहुमत ल्याएर संविधान संसोधन गरेर वा जनमतसंग्रह गरेर राजालाई गद्धीमा बसाल्नु सक्छ । यदि यसो हुन सक्दैन भने कसरी हुन्छ आफ्नो दललाई वलियो वनाउनतिर लाग्नुपर्छ । नेपाली काँग्रेसका हाँगाविागाहरुमा धमिरो लागि सकेको छ । चौधौँ महाधिवेशन नजिक आइपुग्दा पनि पार्टीले पूर्णता नपाउनु संगठनको गतिहिनता नभए अरु के हुन्छ । यतबेला नेपाली काँग्रेसका पुराना र त्यागी नेताहरु पाखा लगाइको अवस्था छ ।

नेपाली काँग्रेसको आन्तरिक संघठनका लागि एक व्यक्तिलाईमात्र जिम्मेवार ठानेर अन्य नेताहरु पन्छिन मिल्दैन, सबै जिम्मेवार छन् । नेपाल कम्युनिष्टभित्रके लाडाई भनेको उनीहरुको आन्तरिक विषय हो । यस विषयमा नेपाली काँग्रेसले टाउको दुखाउन आवश्यक छैन । म प्रधनमन्त्री ओलीले लालीपप देखाएर नेपाली काँग्रेसका नेताहरुसंग भेटघाट बाक्लै बनाएका छन् । पुष्पकमल दाहाले आफु प्रधानमन्त्री बन्न किन बखेडा झिकेका र उनी प्रधानमन्त्री भए पनि त्यस्तो नयाँ चमत्कार हुनेछ भन्ने विश्वास गर्न सकिन्न । कतिपय नेपाली काँग्रेसका युवा भनिने नेताहरुले प्रधानमन्त्री ओलीलाई हाम्रो अभिभाव हुन् भन्ने अभिव्यक्ति समेत दिएका छन् । काँग्रेसभित्र भाषण गर्न सिपालुहरु धेरै छन् तर जिम्मेवारी वहन गर्न नसकेको पनि हामीले देखेका छौ । कसैको विचारलाई रटेर भाषणवाजी गर्नु ठुलो कुरा होइन, तर नेता हुने रहर गर्नेहरुले आफ्नो जिम्मेवरी पुरा गर्न पनि सिक्नुपर्छ । यतिबेला चाहे कोरोनाको विषयमा भनौ चाहे बाढि पीडितले भनौ मुलुक आक्रान्त बनेको छ । संसदमा चर्को भाषणवाजी गर्ने नेपाली काँग्रेसका सांसदहरु कम्तिमा दश जनाले एक वर्षको आफ्नो सुविधा नलिने घोषणा गरेर जनताको राहतमा खर्च गर्ने भनिदिए उनीहरुलाई जनताले कसरी मूल्याड्ढन गर्लान् ? यस्तो आर्थिक संकटको घडीमा सांसद सुविधा किन र केका लागि चाहियो ? वास्तवमा नेपाली नेतागण जनता पर्ति उत्तरदायी भइको पाइदैन । पाप र धर्मको डर छैन । यदि डरभर भएको भए मुलुक कोरानाले थलिएको बेलामा पनि भ्रष्टाचार हुने थिएन । मानिसको जीवनमाथी खेलवाड हुने थिएन । बरू स्थानीय तहदेखि माथिल्लो निकायसम्म सुविधा बढाउने काम भयो । महङ्गा गाडीहरु किनियो, मङ्गा गाडीमा राष्ट्रको सम्पति स्वहा पार्ने काम भयो । कोरोना पीडितका नाममा कुहेको दालचामल बाढियो । नेताहरुले कहाँनेर आफुले सहानुभूति पाउँने काम गरे ! अब फेरी बाढिपीडितका नाममा राष्ट्रीय सम्पति स्वहा पार्ने अवस्था आएको छ, स्वहा हुन्छ नै ।

यस्तो अबस्थामा नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको सत्ताको भाडभैलो स्वभनीय देखिदैन । किन दुईतिहायी बहुमत ल्याएको नेपाल कम्युनिष्ट पार्टीभित्र सत्ताको खेल भैरहेको छ । कसले मिलाउँदै आएको छ भन्ने कुरा मसिनो अवश्य छैन र हल्का ढंगबाट हेरुनु पनि हुँदैन । नेपालको राजनीतिमा चासो देखाउने शक्तिको भरोसामा नेपालका राजनीति दल र दलका मानिसहरुले छाति फुलाउँदै नआएका पनि होइनन् । नेपाल सार्भभौमसत्ता सम्पन्न देश भएको हुँदा खासगरि कसैको पछि लाग्न जरुरी छैन । विना तुक, विना अर्थ र गैरप्रकृतिका कुराहरुमा अल्झेर जनतालाई अल्झ्याउन खोज्नु आ©्नो खुट्टामा वन्चरो हान्नु जस्तो हो । यो कुरा सबै राजनीतिक दलहरुका नेताहरुले राम्रेसंग बुझ्न जरुरी छ । किनभने यतिबेला नेपाली जनता आर्थिक दूरवस्थाको चरम चुलीमा छन्, । अभाव, विपन्नता जस्ता कुराहरुका कारणले टाउको उठाउन सकिरहेका छैनन् । कोरोनजले संसार थला परेको अवस्थामा नेपाल पनि यसको कठिनाई भोग्नु परेको अवस्थालाई स्वभावि मान्नै पर्छ तर यस रोगलाई वेलैमा व्यवस्थापन गर्ने कुरामा हामी चुकेका नै हौं । राज्यको ढुकुटी वोकेर वसेको सरकारले महङ्गा–महङ्गा गाडी किन्न तिर लाग्यो तर जनतालाई न्युनतम् आवश्यकता पुरा गराउन तिर लागेन । बरु कोरोनाको नाममा ठुलाठुला भष्ट्रचार भए, आर्थिक अयिनमिता भयो । विदेशीले दिएको सहयोगालाई समेत व्यवस्थित ढंगबाट व्यवस्थापन गरिएन । जनताले केकति राहत पाए यो कुरा जनतालाई नै सोध्ने हो भने स्पष्ट हुन्छ । सरकारले लकडाउनको घोषणा गरेका शुरुका केहि दिन वाहेक अन्य दिन कहिलै लकडाउन प्रभावकारी बन्न सकेन । लकडाउन घोषणा गरे पछि काडमाण्डौमा काम गरेर गुजारा चलाएका मजदुरहरु दशौ दिनको यात्रा तय गरेर आफ्नो घरतिर फर्किन थाले । यो अत्यन्तै दुखदायी क्षण थियो । 

सरकारमा वसेका मानिसहरु किन यति सुविधाभोगी बन्न पुगे यो पनि रमाइलो पक्ष बनेको छ । किन महङ्गा नयाँ गाडी चड्ने सोखको भूत सवार भयो ? किन महङ्गा रिसोट र होटलहरमा बैठकका नाममा खर्च गरियो ? हरेक समयमा नेपाली जनताहरु एउटान एउटा समस्यामा वल्झ्दिै आएका छन् । आश्चार्य लाग्न सक्छ वहत्तर अगाडि वाडीपीडित भएक जनाले राहत आजको दिनसम्म पाएका छैनन् । भुकम्प पीडितको अवस्था यस्तै छ । के भुकम्प पीडितले राहत पाईसके त ? आजसम्म भुकम्प पीडितले रुख मुनी समय गुजरा गर्दै आएका छन् । अहिले त भन्नै पर्दैन। कोरोनाबाट देशको आर्थिक अवस्था कति चौपट भएको छ भन्ने कुरा । वाडीले पनि जनजीवन तहसनहस बनाउँदै आएको छ । के यस्ता कुारमा राज्यको दायित्व हुन्न र ? देशमा देखिएका यस्ता विकराल अवस्था स्थितिमा उल्ट्टै सत्ताको खेलमा नेपाल कम्युनिष्ट पार्टी रुमलिएको छ, प्रतिपक्ष कामा तेल हालेर वसेको छ ? जनु कुरा कसैको लागि पनि स्वभनीय कुरा हुनसक्दैन । प्रधानमन्त्री को हुनु पर्छ के हुनु हुँदैन भन्ने कुरा गौड विषय हो तर सरकारबाट जनता कति सुरक्षित छने भन्ने कुरन मूख्य कुरा हो । जनातले आफ्रनो लागि सरकार नजिक उपस्थिति भएको नपाउँदै सरकार हुनुनहुनुको कनै अर्थ रहदैन । जनताको निकटमा सरकारको उपस्थिति छैन । सरकार पुर्णरुपमा असफल देखिन्छ तै पनि सरकार हेरफेर गर्ने अवस्था यतिबेला छैन । किनभने अर्को प्रधानमन्त्री आउँदैमा चमत्कार हुनेवाला छैन । सत्तालाई अंशवण्डा गरेर चलाउने प्रवृति राम्रो होइन र यसले देशको उन्नतिमा गतिरोध पैदा गराउछ, यो बाटो जानुहुँदैन । यतिबेला जनताले सबै किसिमका पीडा भोगिरहेको भएता पनि प्रधानमन्त्री ओलीको राजीनामा विकल्प होइन । भन्नै पर्ने एउटा कुरा के हो भने जनतालाई मनोवैज्ञानिक त्रास पैदा सत्ताको खेल भैरहेकोछ ।

जहाँसम्म नेपाली काँग्रेसको हुरा छ, नेपाल प्रजातान्त्रकि समाजवादको रटाना लगाउने तर काम यस कनुसार नगर्ने ्। विपिलाई कहिलेसम्म हो भजाउने ? यतिबेल नेपाली काँग्रेस त विपिको बाटोमा त छैन । विपिको पैजातान्त्रिक समाजवाद त मुखौटो रुपमा प्रयोग भएको पाइन्छ । नेपाली काँग्रेस पुँजीवादी खेमामा गइसकेकोे छ । नेपाली काँग्रेसले नेपाली काँग्रेस समाजवादी पार्टी हो भनेर जनतालाई विश्वस देखाउने भरपर्दो आधार केही पाइदैन । यतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा वसिरहेको अवस्थामा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नसकेको छैन । अलमलिएको छ । अलमलिनुको त्यस्तो कारण के होला त ! यो पनि चाललाग्दो अध्ययनको विषय हुनुपर्छ । प्रधानमन्त्री ओलीको सरकारले गोकर्ण रिसोर्ट हेर्दाहेर्दै सिध्यायो, यसमा प्रतिपक्ष नेपाली काँग्रेसको के भूमिका रह्यो ? वालुवाटार जग्गा प्रकरणमा र कोरोनाको औषधिमूुलोमा व्यापक भष्ट्रचार भयो यसमा नेपाली काँग्रेसको के भूमिका दखियो त ?  नेपाली काँग्रेस पनि कहिनकहि चुकेको छ, जसकारण सरकारका कमजोरीलाई खुलस्थ भएर विरोध गर्न सक्दैन । झन यतिबेला काँग्रेसका महामन्त्रीले कुन होसमा होला नेपाली जनताको झुकाव राजा प्रर्ति हुँदैछ भन्नु आफैमा तुक नभएको कुरा हो । होला, दलीय राजनेतामा देखिएको लथालिङ्ग र भताभूङ्गको अवस्थालाई लिएर जनता हतास भएका छन्, तैपनि राजालाई हातमा समाएर राजगद्धीमा राख्न सक्ने आस्था छैन । राजनेता प्रति यति धेरै वितृष्णा किन आयो, यसको भागिदार काँग्रेस महामन्त्री पनि त होइनने र ? यसकारण देश हाक्छु भन्ने नेताहरु अनुशासित हुनुपर्यो । सस्ता कुरा गर्नु भएन । आफ्नो पार्टीको धारणा अनुसार बोल्नु पर्यो । अहिलेको अवस्था भनेको सरकारलाई स्थायित्व दिने, भ्रष्टचारलाई पुर्ण रुपमा निषेद गर्ने हो । यसका लागि सरकारले सबै दलहरुलाई सहमति ल्याउनुपर्छ र दलहरु पार्टीको धारणहरुमा मात्रै केन्द्रित भएर बोल्नु पर्छ ।


    


Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List