Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

के नेपाली काँग्रेस मृत्युु शैयामा पुगेकै हो त ?

के नेपाली काँग्रेस मृत्युु शैयामा पुगेकै हो त ?

नेपाली काँग्रेसका केही छोटामोटा नेता वनेकाले नेपाली काँग्रेसलाई पुनरजीवन दिन अावस्यक भएको भनिरहदा काँग्रेसलाई कसकसले ध्वस्त पारे भन्ने कुरा वुझ्न जरुरीछ ।

काँग्रेस जसले ध्वस्त पारे तिनै पारे जो नेताहरूको वरिपरि वस्थे । नेपाली काँग्रेसले चुनाव हारिरहदा देउवालाई ठुलो चुनाैति थियो,त्यो चुनाैति यदि चुनाव नगरेको भए संविधान कोल्याप्स हुन्थ्यो । निर्वाचन गराउनु देउवाको अपराध थिएन । तर देउवाको अाड लागेर जजसले वदमाशी गरे अाज पनि तिनिहरु पर्दा पछाडि वसेर पासा खेलिरहेका छन् ।

हो नेपाली काँग्रेसमा टिकट दिदा पैसाको चलखेल भएकै हो । परिवारवाद,फरियाववाद,नातावाद,चाकरीचाप्लुसिवादले मनग्ये माैका पाएको हो,यो कसैवाट लुकेछिपेको छैन ।

वास्तवमा नेपाली काँग्रेसले निभाएको भुमिकाको कुरा गर्ने हो भने मुलुकमा ज्यादै चुनाैतिपूर्ण काम गरेकोछ । मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर देशलाई गणतन्त्रामक देश वनाउन सहज थिएन,त्यो गिरिजाप्रसाद कोइरालाले गरेर देखाए । संविधान ल्याउन पनि त्यति सहज थिएन सुशील कोइरालाले ल्याएर देखाए । संविधान कार्यनयन गर्न झन् जटिल थियो तीनै तहको निर्वाचन एकै वर्षभित्र गरेर शेर वहादुर देउवाले काम गरेरै देखाए । यी मुलुकका लागि साना उपलब्धिका कुरा होइनन् ।

नेपाली काँग्रेसले यत्रायत्रा उपलब्धि गर्दागर्दै पनि किन कमजोर देखिन पुग्यो,यसको समिक्षा हुन जरुरी थियो तापनि जिल्ला सभापतिहरूको भेलाले यसलाई छिचोल्न सकेन । अब दोश जति एउटाको टाउकोमा थोपरेर कोही पनि पानीमाथिको अोभानो वन्न सक्दैन ।

अहिले जजसले काँग्रेसलाई पुनरजीवन दिन जरुरी छ भन्दैछन् काँग्रेस विगार्न तिनिहरुको काँग्रेस विगार्यो भनिने भन्दाको भन्दा कम हातछैन । यदि काँग्रेस सपार्ने हो भने चाप्लुसी र कुराैटे वानि छोड्न जरुरी छ साथै ती चाप्लुसी कुराैटेहरुको कुराको पछि नेताहरू पनि लाग्नु भएन ।

अर्को कुरा काम गर्ने कार्यकर्ताको मुल्यांकन नभएकै हो,सहि मुल्यांकन हुन जरुरीछ । अहिले पनि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि यस्ता तत्वबाट टाढा हुन सकेकाछैनन् । अाज यहाँ भन्दा वढि नलेखाै,लामो स्टाटस पढ्न झर्को लाग्ला !
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List